अझै छक्का पन्जा हेर्न दर्शकको ओइरो

0
57

रकडेल बोइज र कमेरो इभेन्ट को आयोजना तथा ओसिस एजुकेशन को मुख्य प्रायोजनमा ल्याइएको लोकप्रीय चलचित्र छक्का पन्जा ३ दर्शकको चाहना अनुसार यसै शनिबार पुन प्रर्दशनमा ल्याइएको छ ।

सिड्नीको विभिन्न सिनेमा घरहरुमा छक्का पन्जा ३ सिनेमा देखाइएता पनि यसको लोकप्रीयता दिनदिनै बढदै गएको र दर्शकको माग भए बमोजिम रकडेल ब्वाइजले यसै शनिबार पारामाटास्थीत इभेन्ट सिनेमामा पुन प्रर्दशन गरिएको रकडेल ब्वाइजका शितल खाँंडले बताए ।

यसअघि चलचत्रि छक्का पन्जा ३ लाई हर्षभिल को इभेन्ट सिनेमा मा अक्टोबर १२, १३ १४ र बरउड इभेन्ट सिनेमा मा १५, १६,१७ मा प्रदर्सनमा ल्याइएकोे थियो ।

आमा सरस्वती मुभी ब्यानरमा दिपा श्री निरौलाद्वारा निर्दे्िशत फिल्ममा चार चर्चित नेपाली कलाकार हरु केदार घिमिरे , दिपक गिरि, जितु नेपाल र यमन श्रेष्ठ को लेखन रहेको छ ।

प्रदर्शन पुर्व नै विभिन्न क्षेत्र मा नया रेकर्ड कायम गरेको चलचित्र घटस्थापना को दिन विश्वव्यापी प्रर्दशनमा आएको थियो । चलचित्रले नेपाली बजारमा उत्कृष्ट सफलता हासिल गरेपछि यसको चर्चा निकै चुलिएको थियो । हाल नेपालीहरुको बाक्लो उपस्थीती भएको बिभिन्न देशहरुमा यस चलचित्रको माग हवात्तै बढेको छ ।

चलचित्रलाई दर्शकको माग र चाहना अनुसार अझ केहि शो थप्न सकिने सीडनीका आयोजक रकडेल ब्वाइजका शितल खाँंडले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here