अपांगता सम्बन्धी विषय संविधानमा समेटिएको छ : स्वास्थ्यमन्त्री पोखरेल

0
726

काठमाडौँ, २५ साउन । अपांगता भएका व्यक्तिका विषयमा संविधानमा धेरै कुरा समेटिएको स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको पोखरेलले उल्लेख गरे ।

मन्त्री पोखरेलले अपांगता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका विषयमा ऐन नियम बनाउनु अघि गम्भीर भएर सोच्नुपर्ने र अपांगतासम्बन्धी सोच पुरानै भएकाले यसलाई परिवर्तन गरिनुपर्ने बताए । उनले काम गर्ने तौरतरिका रचनात्मक र नयाँ संरचना अनुसारको हुुुनुपर्ने कुरा उल्लेख गरे ।

नेपालको जनगणना २०६८ अनुसार कूल जनसंख्याको करिब १.९४ प्रतिशत व्यक्ति अर्थात ५१ लाख ३ हजार ३२१ अपांगता भएका व्यक्ति छन् । आजदेखि तीनसदनसम्म चल्ने उक्त कार्यक्रममा अपांगतासम्बन्धी काम गर्ने करिब ४६ संघसंस्थाको प्रतिनिधित्व रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here