अभिनेत्री असिस्मा नकर्मी अभिनित अर्काे नयाँ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक…(हेर्नुस् भिडियो)

0
13436

अभिनेत्री असिस्मा नकर्मी अभिनित अर्काे नयाँ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक भएको छ । सुरेन्द्र घताङ र मेलिना राइको स्वर रहेको गीतमा डिपी खनालको शब्द रहेको छ ।
भिडियोमा असिस्माका साथ सुरेन्द्र घताङ र भिमफेदी गाइज समेतको अभिनय रहेको छ । डान्सिङ बिटमा तयार पारिएको भिडियो निर्मल लामाले निर्देशन गरेका हुन् । संध्या म्युजिकले बाँहिर ल्याएको भिडियोको साथमा म्युजिकले ५१ सय नगद पुरस्कार सहितको अन्तराष्ट्रिय डान्स प्रतियोगीता समेत सार्वजनिक गरेको छ ।

डान्स प्रतियोगीतामा भाग लिन सार्वजनिक गीतमा दुई वा दुई भन्दा बढि ब्यक्तिले नृत्य गरेर भिडियो बनाउनु पर्नेछ । त्यसरी बनाइएको भिडियो संध्या म्युजिकको फेसबुक पेज वा संध्या म्युजिकको जिमेल sandhyamusic5@gmail.com पठाउनु पर्नेछ । भिडियो पठाउँदा नाम ठेगाना समेत पठाउनु पर्नेछ ।यसरी प्राप्त भएको भिडियोलाई बिभिन्न चरणको जजमेन्ट सहित उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने संध्या म्युजिकले जनाएको छ ।उत्कृष्ट भिडियो र सहभागीको नाम प्रतियोगीता सकिएपछि आफ्नो आधिकारीक फेसबुकबाट सार्वजनिक गर्ने संध्या म्युजिकले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ । प्रतियोगीतामा संसारका कुनैपनि स्थानबाट सहभागी जनाउन सकिने बिज्ञाप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here