अमेरिकामा निर्माण गरिएको नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” को प्रदर्शन क्यानडाको मिसिसागामा हुदैं

0
233

राजु थापा, नर्थ अमेरिका ।

२६ नोभेम्वर, २०१८

बिदेशमा बस्ने नेपालीहरूले अमेरिकामा स्थापित हुन विभिन्न संघर्ष सहितको वास्तबिक कथा, व्यथामा   आधारित अमेरिकामा निर्माण गरिएको नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” को प्रदर्शन अब क्यानडामा पनि हुदै छ । खासगरि बिदेशमा बस्ने नेपालीहरूले भोगेका बास्तविक कुरालार्इ  समेटेर बनार्इएको यस चलचित्रले यसअघि अमेरिकामा भएको प्रिमियर शो मा दर्शकहरूको मन जित्न सफल भएको छ । क्यानडाको ग्रेटर टोरोन्टो स्थित मिसिसागा शहरको सिनेस्टार्ज मल्टिप्लेक्समा यहि डिसेम्बर ०१ शनिवार  र ०२ तारिख आर्इतबार बाट प्रदर्शनको प्रारम्भ भए पस्चात क्यानडाको अन्य शहरहरूमा पनि शो गर्ने र नेपालमा पनि छिट्टै चलचित्रको प्रदर्शन गरिने जानकारि फिल्मका निर्देशक इश्वर थापाले गराएका छन् । यस चलचित्रमा प्रायः अमेरिकामै बसोबास गर्ने नेपाली कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा बास्तबिक कथा र व्यथामात्र नभै गित र मनोरन्जनका दृश्यहरू समेत समाबेश गरिएको छ ।

इश्वर थापाको निर्देशनमा बनेको यस चलचित्रलार्इ राजेश गुरुङ, सम्झना उप्रेति र मन्जु रानाले संयूक्त रूपमा निर्माण गरेका छन् । चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्कर बराल लगायतका कलाकारहरुको मूख्य अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here