अस्ट्रेलियामा बदमासी भएको भन्दै डा रेग्मीको परराष्ट्रमा उजुरी

एनआरएनएमा बिवाद चर्काएर चुनाब रोक्ने दाउ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा महिनामा हुने निर्वाचनका लागि प्रतिनिधिको नामावली सार्वजनिक भएलगत्तै अध्यक्षको प्रत्यासी कुल आचार्य समूह परराष्ट्र मन्त्रालयको शरणमा पुगेको छ ।

संघको निर्वाचनमा आचार्य समूहले आफ्नो हार हुने देखेपछि राष्ट्रिय समन्वय परिषदहरुले प्रतिनिधि चयन गरेका तथा केन्द्रलेसमेत प्रतिनिधि चयनमा बिधान उल्लंघन गरेको झूठो आरोप लगाउँदै परराष्ट्र मन्त्रालयमा उजुरी दिएको हो । लोकतान्त्रिक समूहको अध्यक्ष भएको दाबी गर्दै आचार्यलाई संघकी उपाध्यक्ष रवीना थापाले काउन्टर दिएपछि सो समूह थप निराशा भएको हो । जसका कारण अक्टोवरमा हुने महाधिवेशन रोक्न आफ्ना केहि आसेपासे साहित परारष्ट्र मन्त्रालय पुगेको हो ।
त्यसो त अस्ट्रेलियावाट पुर्व महासचिब डा ज्ञानेन्द्र रेग्मी लगायतले भने उनिहरुको बिपरित बिधान मिचेर मनलाग्दी आफ्ना मान्छे प्रतिनिधि बनाएको भन्दै २५ प्रतिशत खारेर गर्नुपर्ने मागका साथ परराष्ट्र पुगेका छन । रेग्मीले एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष केशव कडेलले आइसीसीको बिधान बिपरित मनलाग्दी आफ्ना मान्छे भरेर महाधिबेशन प्रतिनिधी चयन गरेको हुँंदा त्यसको खारेजीका लागि राजदुतावास मार्फत परराष्ट्र मन्त्रालयमा उजुरी दिएका हुन । डेमोक्रयाट समुहका रेग्मीले अस्ट्रेलियाको २५ प्रतिशत र ६५ प्रतिशतमा समेत बेइमानीपुर्ण काम भएको र आफुसँंग त्यसको सप्रमाण रहेको भन्दै चुनौती समेत दिएका छन ।

उता ठिक बिपरित आफुखुसी छानिएको २५ प्रतिशत बहाली हुनुपर्ने भन्दै आचार्य समूहबाट महिला उपाध्यक्षका लागि उम्मेदवार बनेकी जानकी गुरुङ, एनआरएनए अमेरीकाका सल्लाहकार वेद प्रसाद खरेल, कतार आईसीसी मानार्थ सदस्य नवराज ओलीले मन्त्रालयमा महाधिवेशन रोक्न निवेदन दर्ता गराएका हुन् । निवेदनमा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विधानविपरित भएको दाबी गर्दै आगामी अक्टुबर २३, २४ र २५ मा हुन लागेको संघको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न एनआरएनए आइसीसीसमेतका नाममा निर्देशन माग गरिएको छ । २४ जनाको नाम उल्लेख गरिएको भएपनि निवेदनमा तीन जनाले मात्र हस्ताक्षर गरेका छन् । हास्यासपद के छ भने जुन जुन देशमा २५ प्रतिशत सदस्य छनोटमा बेइमानी गरेका छन उनिहरु स्वयं परराष्ट्रमा उजुरी लेखाउन पुगेका छन ।
मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै हालिएको उजुरीमा समस्याको निरुपण नभएसम्म निर्वाचन प्रक्रिया रोक्न, मन्त्रालयद्वारा नै अनुगमन गर्न र छानबिन गरिदिनसमेत आग्रह गरिएको छ । उजुरीमा केन्द्रिय अध्यक्ष र केन्द्रिय समितिलाई निर्देशन दिन माग गर्दै भनिएको छ, ‘गैरआवासीय नेपाली संघको नियमावलीअनुसार आगामी अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू चयन गर्दा विधानविपरित सिफारिस गर्ने गराउने प्रक्रियाको आवश्यक अनुगमन गरी विधान बमोजिम वर्तमान वहालवाला राष्ट्रिय समन्वय परिषदले मात्र प्रतिनिधिहरूको सिफारिस र चयन गर्नु गराउनु भनि संघको अन्तर्राष्ट्रिय समन्वय परिषद, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालय तथा सबै राष्ट्रिय समन्वय परिषदका नाममा अविलम्ब निर्देशन जारी गरि पाउँ ।‘
सो समूहले मन्त्रालयमा दिएको उजुरीमा केन्द्रिय समितिले विधानविपरित कार्य गरेको दाबीसहित कपोकल्पित, र भ्रमपूर्ण सूचना दिदै परराष्ट्र मन्त्रालयलाई समेत मिसलिडिङ गर्न खोजिएको छ । आफू अनुकुलको सरकार र नेतृत्वको फाइदा उठाउँदै सो समूहले संघको विधान र निर्वाचन प्रक्रियाबाट आएका प्रतिनिधिको समेत आत्मसम्मानमा ठेस पुग्नेगरि चुनावसमेत रोक्न प्रपन्च गरेको हो ।
संघको केन्द्रिय सचिवालय र केन्द्रिय नेतृत्वलेसमेत व्यापक छलफल गरी विधान अनुरुप छनोट गरिएका प्रतिनिधिका विषयमा प्रश्न उठाउ“दै उक्त समूह संघको चुनाव भाँड्ने तयारीमा लागेको छ ।

एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संघको विधान तथा निर्णयहरूका विषयमा प्रचलित कानुन बमोजिम एकरुपता कायम गरी विवाद समाधान गर्ने एक मात्र निकाय परराष्ट्र रहेको निवेदकहरुको दाबी छ । मतदाता आफ्नो अनुकुल बनाउने मनसायबाट कतिपय देशमा धाँधली गरेको आरोप समेत निवेदकहरुको छ । त्यसरी संस्थागत रुपमा धाँधली गरिएका घटनालाई निरुपण गरी निर्वाचनको प्रकृया अगाडी बढाउन पनि उनीहरुले परराष्ट्र मन्त्रालयसमक्ष माग गरेका छन् ।
४ देशको विवाद के हो ?
गैरआवासीय नेपाली संघको राष्ट्रिय समिति अमेरिका, अष्ट्रेलिया, यूकेको निर्वाचन जिते पछि उत्साहित भएको एउटा समुहले मनपरी ढंगले प्रतिनिधी चयन गरेर पठाएको र त्यस उपर सयौ उजुरी परेपछि आइसीसीले त्यसलाई रद्द गर्नुपर्ने जिकिर गरेपछि उनिहरु “आफै धामी आफै बोक्सी” बनेर परराष्ट्र पुगेका हुन ।
संघको गत जनवरीमा सम्पन्न विषेश महाधिवेशन भाँड्न तम्मतयार रहेको समूहले विधान संशोधनमा राष्टिय समन्वय परिषदहरूमा पूर्वकार्यसमितिबाट ६५ प्रतिशत, निर्वाचनबाट २५ प्रतिशत र अध्यक्षले १० प्रतिशत प्रतिनिधि छनोट गर्ने विषयमा सहमति जनाएको थियो ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत महिना सम्पन्न पदाधिकारी बैठकले विधानविपरीत आएका प्रतिनिधिलाई मान्यता नदिने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसको तर्फबाट एकलौटी उम्मेदवार बन्ने प्रयासमा लागेका कुल आचार्य अहिले बेचैन बनेका छन् । संघको गत निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेकी संघकी उपाध्यक्ष रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि आचार्यलाई अहिले तातो दुध निल्नु नओकेल्नु भएको छ ।
संघको निर्वाचनमा रविना थापाले उम्मेदवारी दिएको खण्डमा कुल आचार्य आफ्नै देश वेलायतमा अल्पतमा पर्ने भएका छन । नेपाली कांग्रेसका तर्फबाट चुनाव लड्न लागेका आचार्यलाई बेलायतस्थित भातृसंस्था नेपाली जनसम्पर्क समितिले समेत साथ दिएको छैन ।