अस्ट्रेलिया तथा न्युजिल्यान्ड आवत जावतमा प्रतिवन्ध

0
88

मान बहादुर न्यौपाने
कोरोना भाइरस र यसको बढ्दो प्रभावका कारण गत बुधवार मात्रै आफ्ना नागरिकलाई बिदेश जानवाट रोक लगाएका अस्ट्रेलियन सरकारका प्रधानमन्त्री स्कट मरिसनले बिहीबार यहाँको पीआर र नागरिक बाहेक अन्य सबैलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन । यसवाट भिषा लागेर बसेका कयैन नेपाली बिध्यार्थी समेत प्रभावित हुन पुगेका छन ।

निकै आश्चर्यका रुपमा लिइएको अस्ट्रेलियन सरकारको यो निर्णयले अब यहाँंका नागरिक र पीआर होल्डर अनि तिनका नजिकका नातेदारले मात्र अस्ट्रेलिया प्रवेश पाउने भएका छन । अस्ट्रेलिया प्रवेश पाएकाको हकमा पनि उनीहरू सबैले सेल्फ आइसोलेसनमा १४ दिन अनिवार्य बिताउनु पर्नेछ।
“मेरो बिचारमा नागरिकलाई यस रोगवाट बचाउन थप उचित कदम लिने बेला आइसकेको छ र नागरिक, स्थायी रूपमा बसोबास गर्ने मानिसहरू वा तिनका नजिकका परिवार बाहेक अन्यलाई आउन दिने छैनौँ,” मरिसनले राजधानी क्यानबेरामा पत्रकारसम्मेलनमा बताए। कोरोना भाइरसले अस्ट्रेलियामा तिब्र रुप लिन थालेपछि सरकारले पछिल्लो कडा कदमका रुपमा यो निर्णय अगाडि सारेको हो ।
यस निर्णयका कारण कयैन पेशाहरु यतिखेर संकटमा परेका छन भने यहाको शेयर कारोबार निकै मुनि समेत खस्केको अवस्था रहेको छ । तेलको मुल्यमा भारि गिरावट आएको छ भने अन्तर्राष्ट्रय बजारमा अस्ट्रेलियन डलरको मुल्य समेत घटेको अवस्था रहेको छ ।
प्रधानमन्त्री स्कट मरिसनको घोषणा भन्दा केही घन्टा अघि मात्र न्युजील्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डर्नले पनि बिदेशी नागरिकलाई आज मध्यरात देखी लागु हुने गरी प्रवेशमा रोक लगाएकी छिन ।

यसअघि अस्ट्रेलियामाइरानी, इटालीयन र दक्षिण कोरियाली र चिनियाँ नागरिकलाई मात्र अस्ट्रेलिया प्रवेशमा बन्देज लगाइएको थियो तर आज मध्यरातदेखि लागु हुने गरी बिहिबार नया निर्णय आएको हो ।
“हामीले लिएका निर्णयहरूले अवश्य पनि धेरैलाई प्रभाव पारेको छ तर यो कदम मुलुकको हितका लागि आवश्यक रहेकोले हालका लागि गरिएको हो केहिपछि जुन फेरी परिष्कृत गर्न सकिनेछ,” प्रधानमन्त्री मरिसनले भने।
अस्ट्रेलियामा हालसम्म देखिएका कोरोनाका पाँंच सय ६५ सक्रमण मध्ये करिब ८० प्रतिशत बाहिरबाट अस्ट्रेलिया आएका मानिसहरू र तिनका संसर्गमा रहेका मानिसहरूमा भेटिएको जनाइएको छ (एजेन्सीहरु
.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here