एनआरएनए उपाध्यक्षमा मन केसीको दाबेदारी

0
155

बिगत २३ बर्सदेखी अस्ट्रेलियाको नेपाली समुदायमा अभियन्ताका रुपमा अनुभव संगालेका मन केसी यस पटक आसन्न गैर आवासिय नेपाली संघ(एनआरएन)को ग्लोबल उपाध्यक्ष पदको आकंक्षीका रुपमा मैदानमा उभिएका छन । के सी एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता, कुशल ब्यबसायी रुपमा पनि चिनिन्छन । यस अघि एनआरएन आइसीसीको प्रबक्ता समेत भैसकेका मन केसी स्थापनादेखि अहिलेसम्म आइपुग्दाको अनुभवलाई संगालेर आसन्न निर्वाचनमा संस्थाको उपाध्यक्षमा उमेदबारी दिने तयारी गरेको बताउछन । मुलुकमा लगानी, सम्मानीत वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएन नागरिकता, आधारभुत योजना अनि तर्जुमा अनि सबल संगठनको संरचना जस्ता महत्वपूर्ण कार्ययोजना बोकेर केसीले यस पटक उपाध्यक्ष पदमा उमेदबारी दिन लागेको बताए ।

सन २००५मा एनआरएन अस्ट्रेलियाको संस्थापक अध्यक्षपछि आजसम्म आइपुग्दा  केसीले एनआरएनका बिभिन्न महत्वपुर्ण पद र जिम्मेवारीलाई सफल पुर्वक निर्वाह गरिसकेका छन । केसीले एनआरएन अस्ट्रेलियाको अध्यक्ष, अ‍ोसेनिया क्षेत्रिय संयोजक र एनआरएनए ग्लोबलको पवक्ताका रुपमा आफ्नो जिम्मेबारीलाई सफल रुपमा निर्वाह गरिसकेका छन । मेरो उमेदबारी भनेको संसारभर छरिएर रहेका गैर आवासिय नेपाली समाजको पहिचान र प्रतिष्ठा अभिबृद्धीको लागि पनि हो भन्ने मैले ठानेको छु ।

पछिल्लो डेढ दशकसम्म लगातार एनआरएन कर्ममा लागिरहँंदा मैले समेटेको अनुभवलाई संगालेर संस्थाको हितमा काम गर्छु भन्ने मेरो सोच हो,यसलाई सबैले साथ दिनुहुन्छ भन्ने बिश्वास मैले लिएको छु, मन केसीले बताए ।
बिदेशमा रहने सबै प्रवासी नेपालीको साझा संगठन बनाउने, यसमा सबै सहजै समेटने बहुआयामिक बनाउने, दिगो र परिणाममुखी बनाउने मेरा केहि योजनाहरु छन, यदी मैले उपाध्यक्षमा जितेमा त्यस बिषयमा गम्भीर भएर लाग्नेछु ,केसीको कथन थियो । गैर आवासीय नेपाली संघ )एनआरएनए)को नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा सन्चालन हदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here