नवगठित नेकपा एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्यहरु नामावलीसहित

काठमाडौं, २ भदौ। नेकपा एमाले वैधानिक रुपमा विभाजन भएको छ। वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

एमाले फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ। चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अभैm एकिन भएको छैन। नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन्।

त्यसमा झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएको छ। नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन्। निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताएका हुन्।

नेकपा एमाले (समाजवादी) का अध्यक्ष नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाएको निवेदनमा समाजवादी पार्टी दर्ता गर्नुपर्नाको कारण समेत खुलाएका छन्।

उनले निवेदनमा भनेका छन्, ‘केपी ओलीले नेतृत्व गरेको समूहभित्र बसेर पार्टीले अङ्गीकार गरेको समाजवादी कार्यदिशाको रक्षा र विकासका लागि काम गर्न सक्ने अवस्था देखिएन।’ उनले नेकपा एमालेको नेतृत्वमा केपी ओली आएपछि नवौँ महाधिवेशनको राजनीतिक मार्गदर्शन र विधानविपरित पार्टीलाई दक्षिणपन्थी भासमा पु-याएको ठोकुवा गरेका छन्।

‘यसर्थ हामी केन्द्रीय सदस्यहरूको नयाँ राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (समाजवादी) निर्माण गर्ने निर्णय गर्न वाध्य भएका छौ’, अध्यक्ष नेपालले भनेका छन्।

यी हुन् नेपाल नेतृत्वको नयाँ पार्टीमा समाहित केन्द्रीय सदस्यहरु :
१.माधवकुमार नेपाल, २. झलनाथ खनाल, ३. मुकुन्द न्यौपाने, ४. प्रदीप नेपाल, ५. डा. वेदुराम भुसाल, ६. प्रमेशकुमार हमाल, ७. राजेन्द्र पाण्डे, ८. डा. विजयकुमार पौडेल, ९. डा. गंगालाल तुलाधर, १०. प्रकाश ज्वाला, ११. नागेन्द्रप्रसाद चौधरी, १२. जयन्त राई, १३. तुलबहादुर गुरुङ, १४. जगन्नाथ खतिवडा, १५. प्रतापलाल श्रेष्ठ, १६. जीवनराम श्रेष्ठ, १७. धर्मनाथ प्रताप साह, १८. रामप्रितम पासवान, १९. रामचन्द्र याद, २०. यदुवंश झा, २१. रत्नेश्वर गोहित यादव, २२. श्रीप्रसाद साह, २३. रविन्द्र वैठा धोवी, २४. लक्ष्मण पौड, २५. मनदकुमारी शाह (गरिमा), २६. देवशंकर पौडेल, २७. विरोध खतिवडा, २८. मेटमणि चौधरी, २९. विश्वनाथ प्याकुरेल, ३०. प्रेमलकुमार खनाललगायत छन् ।

त्यस्तै ३१. विजय गुरुङ, ३२. सावित्रा भुसाल, ३३. रामकुमारी झक्री, ३४. गौरा प्रसाईँ(कोइराला), ३५. रामकुमार ज्ञवाली, ३६. खगेन्द्र चुडाल, ३७. सरलाकुमारी यादव, ३८. सुधिरप्रसाद साह, ३९. कल्याणी कुमारी खड्का, ४०. शत्रुधन महत्तो, ४१. रामचन्द्र साह, ४२. दिनेशकुमारी राई, ४३. हंशबहादुर शाही, ४४. शेरबहादुर केसी, ४५. निरादेवी जैरु, ४६. प्रेमबहादुर आले, ४७. भागवत नेपाली, ४८. चुडामणि वि.क. जंगली, ४९. धनेन्द्र बस्नेत, ५०. राजेन्द्रकुमार राई, ५१. बलदेव चौधरी, ५२. डा. देउमान सम्बाहाम्फे, ५३. भाष्कर काफ्ले, ५४. कृष्णप्रसाद खनाल, ५५. रविन कोइराला, ५६. महम्मद महफुज अन्सारी, ५७. केशवलाल श्रेष्ठ, ५८. नरेश खरेल, ५९. भानुभक्त जैसी छन् ।

त्यसैगरी ६०. चन्द्रबहादुर शाही, ६१. दिलकुमारी पन्त, ६२. बलराम बाँस्कोटा, ६३. वशन्तप्रसाद मानन्धर, ६४. महेश रेग्मी, ६५. श्रीनाथ बराल, ६६. शारदाप्रसाद सुवेदी, ६७. गोविन्द कोइराला (बाँके), ६८. सुरेश कार्की (उदयपुर), ६९. पुरुषोत्तम पौडेल(बारा), ७०.उर्वादत्त पन्त (कञ्चनपुर), ७१. दलबहादुर सुनार (बाँके), ७२. गणेश काङमाङ (पाँचथर) ७३. प्रभाव बज्राचार्य (काठमाडौं), ७४. मुनु सिग्देल (मकवानपुर), ७५. उषा पोखरेल (सप्तरी), ७६. रमा आले मगर (काठमाडौं), ७७. रिता रावल (जाजरकोट), ७८. माया भट्ट (वैतडी), ७९. पूर्णा जोशी (डोटी), ८०. कृष्णा, ८१. विद्या चामलिङ (मोरङ), ८२. रेखा थापा बस्याल (तनहूँ), ८३.शर्मिलादेवी पौडेल क्षेत्री (स्याङ्जा), ८४. राजेन्द्र लक्ष्मी गैरे (पाल्पा), ८५. अनाकली मियाँ (दाङ), ८६. देवी ओली (रुकुम), ८७. नन्दा शर्मा चपाईँ (सुर्खेत), ८८. दुर्गा परियार (उदयपुर), ८९. कोशिला सिंह (बर्दिया), ९०. यमुना भुसाल (अर्घाखाची), ९१. उदया शर्मा (काठमाडौं), ९२. आशा यादव (सिराह), ९३. गोमा विष्ट (मकवानपुर), ९४. रिता बस्याल (चितवन) र ९५. भीमा कार्की (पर्सा) समेत रहेका छन् ।