ओखलढुंगाको उँबुमा ३५ फिट अग्लो स्तम्भ पार्क निर्माण हुँदै

0
1268

ओखलढुंगा, साउन १० । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ अन्तर्गत उँवु, ड्याब्ल्वाँमामा स्थायी रुपमा किराँत वाम्बूले राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन र पुर्खौली विरासतलाई पहिचान लगायत अन्य संरचनाहरुको अध्यन अनुसन्धान र यसको विकास गर्ने उद्देश्य अनुरुप निर्माण गर्न लागिएको ३५ फिट अग्लो ‘‘वाम्बूले पहिचान स्वालेवा स्तम्भ पार्क’’ को निर्माण सुरु भएको छ ।

मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले स्तम्भको शिलान्यास गरेका थिए । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्भ निर्माण कार्यलाई तीव्रता दिएको छ ।

स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइले १ रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वालेवा स्तम्भ निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा यो स्तम्भ निर्माण गर्न लागिएको बताएका छन् । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालय निर्माण हुनेछ ।

स्तम्भ निर्माणका लागि देश–विदेशबाट आर्थिक सहयोग जुटेको निर्माण समितिले जनाएको छ । स्तम्भ निर्माण अभियन्ता मुम्चे राई (बिद्रोही साइलाका अनुसार हालसम्म पाँचलाख रुपैयाँ संकलन भएको बताएका छन् । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । ‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट लाग्ने अनुमान गरिएको थियो तर अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको अभियन्ता मुन्चे राईले बताए ।

स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउने अभियान्ता राईले बताएका छन् । गाउँपालिका अध्यक्ष मोति राईले जनताको भाषा, धर्म, लोकसंस्कृति नै देशको सम्पत्ति भएको बताए भने उपाध्यक्ष सबिता राईले उँबु गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर स्वालेवा स्तम्भ निर्माणलाई प्राथमिकतामा राखेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here