कांग्रेसमा नयाँ भिजन र सोचको युवा नेतृत्व आवश्यक छ

अर्पणा खड्का, महाधिवेशन प्रतिनिधि उम्मेदवार, सिन्धुली

विद्यार्थी राजनीतिबाट खारिएकी युवा नेत्रृ हुन् अर्पणा खड्का । सिन्धुलीमा जन्मिएकी उनले पद्मकन्य कलेजबाट स्नाकोत्तर गरेकी छन् । पढाइसँगै नेविसंघबाट कांग्रेस राजनीतिमा उदायकी खड्काले सुदूपश्चिमका दुर्गम जिल्लाहरुमा समाजसेवामार्फत सहयोगी हात फैलाउँदै आएकी छन्। राजनीतिलाई समाजसेवा ठान्ने उनी सीपयुक्त स्वरोजगारमूलक उद्यमशीलतामा जोड दिन्छिन् । उनै समाजसेवी खड्कासँग कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरेर कालिका महतले लोकसत्ता डटकमका लागि गरेको कुराकानी ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
प्रतिनिधिसभाको १ नम्बर क्षेत्रअन्तर्गत आफ्नै गाउँमा छु। अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडास्तरीय निर्वाचन भइरहेको छ। त्यसमा सिन्धुलीमा सबै वडास्तरमा कतै सर्वसम्मत, कतै प्रतिस्पर्धाबाट निर्वाचन सम्पन्न भइसकेको छ। म पनि सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि भएकी छु। वडापछि क्षेत्र, नगर, जिल्लाको चुनावी अभियानमा जुटिरहेकी थिएँ। केन्द्रबाट केही दिन पर सारिएको सूचना आएपछि घरतिरै बसेकी छु।

तपाईं केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार हो ?
हो, मैले केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएकी छु । वडाबाट सर्वसम्म रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएँ । त्यसमा मलाई सबैको राम्रो साथसहयोग जुट्यो । अब केन्द्रीय महाधिवेशन प्रतिनिधिको तयारीमा जुटेकी छु । मैले संघीय प्रतिनिधिसभा क्षेत्र नं. १ सिन्धुलीको ‘खसआर्य’ महिलातर्पmबाट उम्मेदवारी दिएकी छु । त्यसमा मलाई यहाँका अग्रज नेता, साथीभाइ तथा प्रतिनिधिहरुबाट राम्रो साथ, सहयोग र समर्थन मिलेको छ । मेरो जित सुनिश्चित जस्तै छ ।

तपाईंले उम्मेदवारी घोषणा गरिसक्नुभयो अधिवेशनको मिति सरिरहेको छ नि?
त्यो केन्द्रीयस्तरको विषय हो । धेरै जिल्लाहरुमा त्यस्तै भएको छ। वडा अधिवेशन सम्पन्न भएका जिल्लाका प्रतिनिधिहरुलाई बधाइ पनि दिन पाइयो। हुन नसकेका जिल्लाका साथीहरुमा के हुने भनेर अन्यौलता सिर्जना भएको छ। केन्द्रबाट स्पष्ट मिति तय गर्न नसक्दा साथीहरुमाझ दुविधा सिर्जना भएको छ।

अहिले हामीमाझ अन्तरपार्टी अस्वस्थ प्रतिस्पर्धाको चुनौति थपिएको छ। त्यसले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत ठूलो असर पार्ने देखिएको छ। त्यसकारण केन्द्रीय नेताहरुले अन्तरपार्टी प्रतिस्पर्धामा होमिइरहँदा त्यतातिर पनि ध्यान दिनुपर्ने हो। वडास्तरमै टुंगिनुपर्ने क्रियाशील सदस्यता विवादलाई केन्द्रसम्म ल्याएर देशव्यापी बनाइयो। त्यसपनि आमनिर्वाचनलाई असर गर्छ।

कांग्रेस क्रियाशील सदस्यता विवादमा किन अल्झिएको जस्तो लाग्छ ?
नेपाली कांग्रेस डेमोक्रेसीको सागर हो। सागरमा धेरै नदी, खोला, झरना र मूलको संगम हुन्छ। त्यस्तै हाम्रो पार्टीमा विभिन्न जातजाति, वर्ग, समुदायहरुलाई समेट्नुपर्ने छ।

त्यसमा जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, मधेसी, मुस्लिम, थारुलगायत तमाम जाति, वर्ग, समुदायलाई समेट्नुपर्ने भएकाले पनि केही जिल्लामा विवादहरु आएका छन्। ठूलो परिवार भएपछि अलिअलि विवाद त भइहाल्छ नि। फेरि स्थानीय, प्रदेश र संघीय निर्वाचनको संघारमा आइपुगेका छौं। त्यसलाई मध्येनजर गरेर सबै वर्ग, समुदायलाई पार्टीमा समेटेर लानुपर्ने छ। त्यो भएर पनि केही ढिलासुस्ती भएको हुन सक्छ।

नेपाली कांग्रेसप्रति जनआकर्षण बढेर यस्तो भएको हो?
अहिलेको अवस्थामा नेपाली कांग्रेसप्रति आकर्षण जाग्नु स्वाभाविक हो। किन भने जहिले पनि देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ। त्यो चाहे माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा ल्याउँदा होस् अथवा संविधान निर्माण र घोषणा प्रक्रियामा होस्। ती कामहरु नेपाली कांग्रेसको नेतृत्वमा सफल भयो।

फेरि पछिल्लो समय वामपन्थीहरुको सरकार बन्यो । त्यसबेला जनताले धेरै दुःख र हन्डर खेप्नुप¥यो। उनीहरुको दुई तिहाई हाराहारी संख्या हुँदा पनि जनचाहना अनुसार काम गर्न सकेनन् । सरकार पनि पुरा समय चलाउन सकेनन्। घुमिफिरी कांग्रेसकै नेतृत्वमा देश आइपुगेको छ। त्यसकारण नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दु नपाली कांग्रेस बन्न पुगेको हो।

तपाईंले केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्ने आधार के ?
म सिन्धुली निर्वाचन क्षेत्र नं. १, महिला खसआर्यतर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छु। यहाँका जतिपनि अग्रज दाजुभाइ, दिदीबहिनी प्रतिनिधिहरु हुनुहुन्छ। उहाँहरुबाट एकदमै राम्रो साथ, सहयोगको बचनबद्धता पाएकी छु। उहाँहरुले ‘तपाईं जत्तिको युवा सक्रिय महिला आउनुभएको छ। हामी सकेको सहयोग गर्छौं” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यो आधारमा म केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्छु भन्नेमा ढुक्क छु।

कांग्रेसमा पाका नेता धेरै छन्, तपाईं युवामा पनि कम उमेरको जित्नु हुन्छ त ?
केन्द्रीय महाधिवेशन प्रतिनिधिको म स्वाभाविक उम्मेदवार हो । विगत ११ वर्षदेखि नेपाल विद्यार्थी संघमा रहेर पार्टीका हरेक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छु। स्थानीय, प्रदेश र संघीय तहमा पार्टीलाई जिताउन आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्दै आएकी छु।

विद्यार्थी कालमा पनि विभिन्न संघसंस्थासँग सहकार्य गरेर सामाजिक काम गर्दै आएकी छु।  कांग्रेसलाई चुनाव जिताउन सिन्धुली मात्र नभएर देशैभर छरिएर रहेका साथीहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ। त्यसकारण उमेर कमै भएपनि पार्टीप्रति पु¥याउनुपर्ने योगदान, निष्ठा र भोगाइ कम छ जस्तो लाग्दैन।

फेरि युवा भनेको देश विकासको लागि परिवर्तनकारी जनशक्ति हो। त्यसकारण अहिले देशैभरि पार्टीलाई चलायमान बनाउन सक्षम युवा नेतृत्वको विषय उठिरहेको छ। मैले पनि नेपाली कांग्रेसमा त्यो नेतृत्व चयनको लागि आफूलाई योग्य र सक्षम ठानेकी छु। नेपालमा मात्रै होइन विश्वनै अहिले सक्षम युवा शक्तिको पक्षमा उभिएको छ। त्यसकारण मेरो जित सुनिश्चित छ।

सक्षम महिला भन्नुहुन्छ खुल्लामा आँट नगरेर किन आरक्षणतिर लाग्नुभयो ?
आँट नगरेको होइन। खुल्लामा पनि मेरो स्वाभाविक उम्मेदवारी रहन्थ्यो। म खुबी भएको मान्छे आक्षरणमा बस्नुहुँदैन, प्रतिस्पर्धाबाट आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ। तर, कहिलेकाहीं परिस्थितिले त्यसलाई छोड्नुपर्ने हुँदोरहेछ। सिन्धुलीबाट नेपाली कांग्रेसमा रहेर लामो समय अनबरत रुपमा लाग्नुभएका दाइ, दिदीहरु हुनुहुन्छ। उहाँहरुले खुल्लामा उठ्ने इच्छा देखाउनुभएको छ। कंग्रेसलाई विभिन्न कालखण्डबाट जोगउन उहाँहरुको ठूलो भूमिका छ । त्यसकारण मैले उहाँहरुको सम्मानमा खुल्लातर्पm छोडेर आरक्षण खसआर्य महिलातर्पmको उम्मेदवारी दिएकी हुँ।

युवा नेतृत्वको कुरा गर्नुहुन्छ, केन्द्रीय तहमा बुढाहरुनै तयार भइराखेका छन् त?
राजनीतिमा उमेरले मात्रै काम गर्दैन सोच र क्षमता पनि चाहिन्छ। म युवा छु तर म अस्वस्त, भिजन र सोच नभएको, काम गर्न नसक्ने सुस्त छु भने युवा भएको के काम ? त्यसकारण युवामा पनि भिजनसहितको सोच परिवर्तनकारी आँट भएको नेतृत्व हुनुपर्छ ।

त्यसैले नेपाली कांग्रेसमा देशलाई सही निशानिर्देश गर्ने सकारात्मक सोच भएको युवा नेतृत्व चाहिएको छ । उमेरले पनि कतिपय कुरालाई डिटरमाइन गर्छ । उमेर समूह जस्तो भएपनि कांग्रेसलाई युवाको चाहना अनुसार अगाडि बढाउन नयाँ भिजन, सकारात्मक सोच र परिवर्तनकारी नेतृत्वको आवश्यकता छ । यदि म महाधिवेशन प्रतिनिधि भएँ भने एकदमै सोच, विचार गरेर नयाँ नेतृत्व चयनको पक्षमा भोट हाल्ने छु।

कांग्रेसप्रति युवाहरुको आकर्षण किन जागेको होला ?
नेपाली कांग्रेसा युवाहरुको आकर्षण जाग्नु स्वभाविक छ । किन भने २००७ सालयता मुलुकमा जतिपनि परिवर्तन भएका छन् । ती सबै नेपाली कांग्रेसकै अगुवाइ र नेतृत्वमा भएका हुन्। हिजो आपूmलाई क्रान्तिकारी र परिवर्तनकारी दावी गरिरहेका कम्युनिस्टहरुले देश चलाउँदा भोग्नुपरेका दुःखहन्डरबाट पनि जनता वाक्क, ब्याक्क भएका छन् ।

हिजो उनीहरुले कांग्रेसलाई शामन्ती, यथास्थितिवादी र पुँजीपतिहरुको पार्टी भनेर झुक्याएका थिए। आज उनीहरु नेतृत्वमा पुगेपछि जनताले त्यो कांग्रेसप्रति आरोप मात्र रहेछ भन्ने कुरा छर्लङ्ग बुझे। कम्युनिस्टहरुको चुनावका बेला पस्कने आश्वासन सत्तामा पुगेपछि गरिने नातावद, क्रिपावाद, अनियमितता र भ्रष्टाचारबाट जनता दिक्क भएर पनि कांग्रेसप्रति युवाहरुको आकर्षण बढेको छ ।

कांग्रेसको नेतृत्व युवाको हातमा आउँछ त ?
युवा भएकै नाताले मात्रै हामी जथाभावी भोट हाल्दैनौं । युवाहरुमा पनि उहाँहरुले पार्टीलाई दिनसक्ने नयाँ भिजन र सोच हेरेर मात्रै आफ्नो मतको सदुपयोग गर्दछौं । किनभने अब आउने नेतृत्वले तल्लो तहका युवाहरुको भावना बुझ्ने हुनुपर्छ। नयाँ सोच र भिजन भएका युवाको नेतृत्वले मात्रै पार्टी संगठनलाई उचाइमा पु¥याउँछ भन्ने लाग्छ।

तपाईंको महाधिवेशन प्रतिनिधिको लागि भोट माग्ने एजेन्ड के ?
पेशासहित राजनीति गर्नुपर्छ भन्ने पहिलो एजेन्डा रहने छ । दोस्रोमा म खसआर्य महिलातर्पmको उम्मेदवार भएकाले महिला दिदीबहिनीहरुलाई सीपमुलक क्षमता अभिवृद्धि गरी उद्यमशीलतातिर उन्मख गराउने रोल रहने छ । त्यसपछि विभिन्न पेशा, व्यवसाय अथवा व्यवहार गर्ने क्रममा अन्याय, अत्याचार र थिचोमिचोमा परेका महिलाहरुलाई न्याय दिलाउन मेरो भूमिका रहने । अर्को म यो क्षेत्रको भूगोल चिनेजानेको, यहाँको सुखदुःखसँग लडभिड गरेको मान्छे हुँ । मेरो जन्म र शिक्षादिक्षा पनि यही भूगोलमा भएकाले मलाई भोट दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।

तपाईंले महाधिवेशन प्रतिनिधि जित्नुभयो भने के गर्नुहुन्छ ?
मैले चुनाव जितेँ भने बेरोजगार महिला तथा युवा वर्गलाई विभिन्न सीपमूलक तालिमद्वारा स्वरोजगारमूलक बनाउन भूमिका रहने छ । त्यसमा सिन्धुली जिल्लाका मात्रै नभएर सिंगो कांग्रेससँग आबद्ध युवाहरुलाई राजनीतिसँगै आफ्नो जीवन निर्वाहको लागि स्वरोजगारमूलक र व्यवसायी बन्न अभिप्रेरि गराउने छु । यो एउटा जिल्ला विशेष मात्र नभएर सिंगो पार्टीपत्तिमै खड्को विषय हो । किन भने राजनीति भनेको व्यवसाय होइन ।

नितान्त सामाजिक काम हो । त्यसको लागि आयआर्जनको खाँचो छ । पछिल्लो सयम युवाहरुमा राजनीतिलाई पेशाको रुपमा लिने ट्रेन बढेको छ । त्यसकारण समाजको तल्लो तहसम्म भ्रष्टाचारले जरा गाडिसकेको छ । पार्टीहरुमा होलटाइमर कार्यकर्ता हुन्छन् । जसको कुनै आयस्रोत हुँदैन । अनि उनीहरुको जीवन यापनको लागि संस्थागत भ्रष्टाचार हुने गरेका धेरै उदाहरणहरु छन् । त्यसैले अबको युवा वर्ग राजनीतिसँगै आत्मनिर्भर बन्न सीपमूलक र यद्यमी बन्नुपर्छ ।

अहिलेका युवाले नेपालमा सम्भावना नै देख्दैनन् अनि कसरी समृद्ध मुलुक बन्छ?
युवाहरुले सम्भावना नदेखेका होइनन् । देश हाँक्नेहरुले युवामुखी कार्यक्रम दिन नसकेका हुन् । अहिले युवाहरुमा धेरै परिवर्तन आइसकेको छ । कतिपय विदेशमा पुगेका पनि फर्किएर देशमै केही गर्छु भनेर लागिपरेका छन् । कांग्रेसमा पनि अबको नेतृत्वले युवा वर्गको लागि देशमै केही गर्छुपर्छ भन्ने युवामुखी प्याकेज कार्यक्रम ल्याउनुपर्छ ।

युवाहरुलाई सीपसहितको स्वरोजगारमूलक र गद्यमी बनाउनुपर्छ । त्यसभित्रबाट राजनीतिमा आएका युवा नेतृत्व नै सबल र सक्षम हुन्छन् । उनीहरुमा राजनीति पेशा होइन समाजसेवा भन्ने भावना जागृत हुन्छ । तब मात्र भ्रष्टाचारमुक्त सक्षम र समृद्ध नेपाल बन्छ । सक्षम र सवल नेतृत्वले नै समृद्ध कांग्रेस बन्छ । त्यो अभियामा युवालाई डो¥याउन पार्टीमा मेरो भूमिका रहने छ ।