कांग्रेस नेता लेखकको घर कञ्चनपुरमा बम विस्फोट

0
588

कञ्चनपुर, १८ मंसिर ।  नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकको बेदकोटनगरपालिका स्थित घरमा बम बिस्फोट भएको छ । सोमबार साझ सवा सात बजे मोटर साइकलमा चढेर आएको समूहले उक्त बिस्फोट गराएको हो ।

बमबिस्फोटबाट कुनै मानविय क्षति भने नभएको कञ्चनपुरका एसपी प्रकाशबहादुर चन्दले बताए । घरको आगनमा ठूलो आवाज आएपछि घरमा रहेका नेता लेखकका आमा बुबा र छोरी तर्सिएका थिए । बम बिस्फोटका बेला नेता लेखक भने चुनावी प्रचारमा भिमदत्तनगरपालिका थिए । कुन प्रकारको बम बिस्फोट गराएको हो ? त्यसका बिषयमा नेपाली सेनाले अनुसन्धान गरिरहेको एसपी चन्दले बताए । उनले भने, ‘सबै कुरा अनुसन्धान पछि थाहा हुन्छ । अहिले अनुसन्धान भइरहेको छ । ’

बमबिस्फोट गराउनेहरुको व्यापक खोजी भइरहेको चन्दले जानकारी दिए । बम बिस्फोट पछि कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । घर बाहिरबाट नेता लेखकको घरलाई निसाना बनाएर बम बिस्फोट गराएको भए पनि उक्त बम आगनमा बिस्फोट भएर ठूलो आजाव आएको नेता लेखकका निजी सचिव जनक भट्टले बताए ।

निर्वाचनकोपूर्व सन्ध्यामा लोकप्रिय उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोट गराउने निर्वाचनमा पराजित मानसिकता भएको भन्दै दोषीमाथि कडा कारवाही गर्न नेपाली कांग्रेस कञ्चनपुरले सरकारसँग माग गरेको छ । सोमबार नै काठमाडौंको बुढानिलकण्ठमा कांग्रेसका अर्का लोकप्रिय नेता गगन थापामाथि बम बिस्फोट गराएपछि थापा घाइते भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here