किसानलाई हाते ट्रयाक्टर वितरण

0
441

इलाम, असार २३ । जिल्ला कृषि विकास कार्यालय इलामले कृषकलाई ३५ वटा हाते ट्रयाक्टर अनुदानमा वितरण गरेको छ । उक्त कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण गरेको हो ।

कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटा सहित जम्मा ३५ वटा हाते ट्रयाक्टर वितरण गराएको हो । खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए ।

यसैबीच विभिन्न संस्था र कृषकलाई ७५ प्रतिशत अनुदानमा ८०० किलोग्राम धानको बीउ पनि शतप्रतिशत अनुदानमा ४०० किलोग्राम उन्नत जातको धानको बीउ उपलब्ध गराएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए । इलाममा १५ हजार ९१५ हेक्टरमा धान खेती हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here