केदार पोखरेलका नेपाली र अग्रेजीका दुइ कृती

0
230

“चेप्टेभँगालो र दलितको झुपडी”

लेखक केदार पोखरेल परिबारसँंग ।

प्रेरणा लिनेले जहाँबाट र जेबाट पनि लिन सक्छ ्र कपिलमुनि ऋषिका २४ गुरु पनि हामीले देखे भोगेकै प्रकृति र प्राणी थिए ्र हाम्रो खेतबारीमा घाँस काट्नेहरू पनि उपकारी थिए होलान् ्र हामीले ध्यानै दिएनौं ्र भानुभक्त त्यस्तै घाँसीबाट प्रेरणा लिएर आदि कवि भए । नेपाल आमाको चित्कार पनि हामीले सुनेका छौं, लुम्बिनी र सगरमाथाको इतिहास पनि पढेका छौं ्र कंचन पानीले भरिएका सयौं तलाउहरू र हजारौँ फूलबारीले सजिएको देश अष्ट्रेलियाको पनि हामीलाई अनुभव नभएको होइन । सुन्दर कुरूप, माया घृणा जे भएपनि त्यसको चुरो पत्ता लगाएर काव्यमा उतार्न काव्यिक मन नै चाहिंदोरहेछ स जसबाट लाखौँ पाठकले त्यसको रसास्वादन गर्न सकून् । हो, हाल अस्ट्रेलिया बस्दै आएका केदार पोखरेलद्वारा लिखित र
प्राध्यापक राजु मानन्धरद्वारा अंग्रेजीमा अनुवाद समेत गरिएको दुई कृति ’चेप्टेभँगालो’ र ’दलितको झुपडी’ ले यही उद्देश्य लिएको बुझिन्छ्र ।

पुस्तकका अग्रेजी अनुवादक प्राध्यापक राजु मानन्धर र लेखक केदार पोखरेल ।

चेप्टेभँगालो उपन्यास हो, दलितको झुपडी लघु कथासंग्रह । उपन्यासमा मान्छेको जीवन कसरी सार्थक हुन सक्छ । कुमार्गमा हिंडेकालाई कसरी सुमार्गमा ल्याउन सकिन्छ ? जस्ता प्रश्नको उत्तर खोज्ने प्रयत्न भएको पाइन्छ ्र उपन्यासमा १८ वटा च्याप्टर छन् ।दोलखा जिल्लाको कालिन्चोक हिमालबाट उपन्यासको यात्रा शुरु हुन्छ ्र त्यहाँको गाउँ बेसी, पाखा पखेरु घुम्दै जनकपुरको उखर्माउलो गर्मीमा केही समय निसासिन्छ । तर पाठकले कुनै एक ठाउँमा निसासिएर बस्नु पर्दैन । यो उपन्यासको मुख्य पात्र शैलेश हो जसले पाठकको हात समातेर उसले देखेका र भोगेका ठाउँहरूको यात्रा गराउँछ्र यात्राका सजीव चित्रहरू,सुगम र दुर्गम ठाउँहरू अनि शैलेशका दुस्ख र सुखका अनुभवहरूसँग साक्षात्कार गराउँदै जाँदा पाठकहरूलाई स्वयम् आफू पनि यात्रामा सहभागी भएको भान हुने हुँदा ३ सय भन्दा बढी पेज भएको पुस्तक कति बेला पढेर सकियो पत्तै हुदैन । उपन्यास र कथाबिच विधागत स्पष्टता
नैतिक औपदेशिकतामा केन्द्रित नरही समाज सुधारको चाहनामा रमेको चेप्टेभँंगालो साच्चीक्कै पढन लायक कृती बनेको छ ।
’चेप्टेभँगालो’ उपन्यास दोलखामा जन्मेर नेपालकै विभिन्न ठाउँको हावा र माटोको स्पर्शले पल्लवित भएपछि अष्ट्रेलियामा आएर हुर्केको देखिन्छ ्र यो कृतिमा दुई देशको तुलनात्मक अध्ययन गरेर नेपालले विकास गर्न नसक्नुको कारण औंल्याउँदै अष्ट्रेलियाले कसरी यति छिटै विश्वलाई नै लोभ्याउँने गरी प्रगति गर्न सक्यो त्यसको चुरो पनि पत्ता लगाएको छ । अध्ययन गरेपछि म यो निष्कर्षमा पुगेको छु कि ’चेप्टेभँगालो’ उपन्यास नेपाली साहित्यको बगैंचामा फुलेको कहिल्यै नओइलाउने एउटा सुन्दर फूल पनि हो । यसको सुवास लिनबाट कुनै पनि पाठक पछि पर्नुहुने छैन भन्ने मैले विस्वास लिएको छु । नेपालको वर्तमान परिस्थिति बुझ्न र अष्ट्रेलियामा बस्ने नेपालीको अवस्था थाहा पाउन यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
पोखरेलको अर्को नवीनतम कृति हो ’दलितको झुपडी । यो लघु कथासंग्रह हो । यसलाई म नेपाली साहित्यको बगैचामा फुलेको सयपत्री फूल भन्न रुचाउंछु । कथाका घटकमा सन्तुलन एवम् कलात्मकता तथा चरित्र चित्रणमा जीवन्तता पनि समेटिएको छ । यसमा ७५ वटा ससाना कथाहरू छन् । पढ्दा सरल र आनन्दको अनुभूति हुनुको साथै परिश्रम गर्ने हौसला पनि प्राप्त हुन्छ्र यसवाट । समष्टिमा यी दुवै पुस्तकमा लेखकले एउटा असल नागरिक निर्माण गर्ने उद्देश्य राखेको देखिन्छ । नेपाली नजान्ने दोस्रो पुस्ताका भाइ बहिनीहरूलेपनि अंग्रेजीमा अनुवाद गरिएका पुस्तकहरू पढेर नेपाल र अष्ट्रेलियाको बारेमा यथेष्ट ज्ञान प्राप्त गर्न सक्नेछन्। वस्तुलाई रागात्मक संवेग र भावनात्मक तरलतामा प्रस्तुत गर्ने, समाज र परिवेशभित्रका विसङ्गतिहरूलाई कलात्मक पाराले अक्षरमा उतार्ने पोखरेलको लेखनशैली उत्कृष्ट देखिएको छ ।
चेप्टेभँगालो र दलितको झुपडी नेपाली माटोमा जन्मेर अष्ट्रेलियाको हावाले हुर्काएका कहिल्यै न ओइलाउने सुन्दर फूल हो भन्ने मलाई लागेको छ । लेखक केदार पोखरेल र अंग्रेजी अनुवादक राजु मानन्धरलाई हाल प्रवासमा रहेर पनि नेपाली साहित्यलाई मनैदेखि माया गरिदिएकोमा बधाई ! वहाँहरूको कलम निरन्तर अगाडि बढिरहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here