कैलालीका सबै नगर तथा गाउँपालिकामा काँग्रेस उम्मेदवार तय

0
514

कैलाली, २७ जेठ । नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाउने क्रमलाई तीव्रता दिँदै कैलालीका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारहरुको टुङ्गो लगाईसकेको छ । काँग्रेसले धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा पार्टीका नगर सभापति नृप वड र उपप्रमुखमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने तय भएको नेपाली कांग्रेस कैलालीले बताएको छ । भजनी नगरपालिकाको प्रमुखमा वीरबहादुर हमाल र उपप्रमुखमा भारती चौधरी, लम्की नगरपालिका प्रमुखका लागि भक्तबहादुर थापा र उपप्रमुखमा धना चौधरी त्यस्तै घोडाघोडी नगरपालिकाको प्रमुखमा रीताकुमारी चौधरी र उपप्रमुखमा हेकबहादुर बम तथा टीकापुर नगरपालिकाको प्रमुखमा जङ्गबहादुर साउद र उपप्रमुखमा केशरी विष्ट रावललाई उम्मेदवारको रुपमा टुङगो लगाई चुनावी मैदानमा कैलाली कांग्रेस होमिएको छ ।

यसै गरी गौरीगङ्गा नगरपालिकाको प्रमुखमा दिनेशराज जोशी र उपप्रमुखमा मेनका जोशी, गोदावरी नगरपालिकाको प्रमुखमा वीरेन्द्र भट्ट र उपप्रमुखमा भगवती पाठक, लाई उम्मेदवार चयन गर्दै चुनावी क्रियाकलापमा अघि बढाएको छ ।

अन्य गाउँपालिकाहरुमा पनि नेपाली कांग्रेस कैलालीले आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाएको छ जस अनुसार जानकी गाउँपालिकाको अध्यक्षमा गङ्गादेवी चौधरी र उपाध्यक्षमा सूर्यबहादुर बटाला, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बलीराम चौधरी र उपाध्यक्षमा ललिता भट्ट, जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया तथा चुरे गाउँपालिकाको अध्यक्षमा टीकाराम ढुङ्गाना र उपाध्यक्षमा धना थापालाई उम्मेदवार बनाएको हो ।

साथै कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी र उपाध्यक्षमा अनिता चौधरी, मोहन्याल गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर बडुवाल र उपाध्यक्षमा रविकुमारी राना मगरलाई उम्मेदवार बनाएको नेपाली काँग्रेस कैलालीले जनाएको छ । उम्मेदवारको टुङ्गो लगाएसँगै नेपाली कांग्रेस कैलालीले प्रचार प्रसार अभियानमा सरिक हुँदै घरदैलो सभा समारोहलाई तीव्रता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here