क्यानडाका अभिमन्यु बस्नेत सह कोषाध्यक्षका प्रमुख दाबेदार


गैर आवासीय नेपाली संघ (एनआरएनए) १० औं विश्व सम्मलेनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्ष पदमा क्यानडाका अभिमन्यु बस्नेतले उम्मेदवारी दिने भएका छन ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्षमा आर्थिक सुशासन र पारदर्शितासहितको सवल एनआरएन निमार्ण लागी आफ्नो उम्मेदवारी रहेको क्यानडाको नेपाली समाजका अभियन्ता बस्नेतले बताए । बस्नेतले सहयोगका लागि बिभिन्न देशका एनआरएनए अभियन्ताहरु अन्तरिक छलफलमा जुटेका छन् ।
एनआरएन क्यानडाको नेतृत्वमा रहेर लामो रहेर काम गरिसकेका बस्नेतलाई क्यानडाको स्थानिय सरकारले परोपकारी कार्यमा संल्गन भएकोमा सम्मान गर्दै ‘रिमार्केवल सिटिजन’ले सम्मान समेत गरिसकेको छ । क्यानडाको नेपाली समाजमा गारो सारोमा सधै अगाडि देखापर्ने बस्नेत समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न काम समेत सक्रिय रहेका छन् । उनले कोरोनाको मारमा परेका नेपालीहरुका लागि राहत सहयोग गरेका थिए । बस्नेतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको (२०१७–२१) मा आईसिसि सदस्य भएर काम गरि सकेका छन् ।
गत ०७२ सालमा नेपालमा गएको विनाशकारी भुकम्पमा क्यानडाबाट राहतका लागी क्यानडावाट बिश्वब्यापी अभियान चलाएर भुकम्प पीडितलाई राहत अभियानमा समेत बस्नेतको निकै चर्चा भएको थियो । एनआरएनएका मेघा प्रोजेक्ट (एनआरएनए भवन निमार्ण, एनआरएनए पार्क निमार्ण, लाप्राकको नमुना बस्ती निमार्ण आर्थिक र जनश्रमदान काममा समेत उनि सक्रिय थिए । तराईमा वाढी पीडितहरुलाई राहत दिने काम सक्रिय भएर लागेका थिए ।
बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका बस्नेत पछिल्लो समय कोरोना महामारीमा स्वास्थ्य सामाग्री नेपाल पठाउनमा सहयोग जुटाउने काममा सक्रिय भुमिका निवार्ह गरे । नेपालमा कोरोना दोस्रो भेरियन्समा अक्सिजन सिलिण्डर अभाव हुदाँ समेत क्यानडाबाट सहयोग संकलन गरेर नेपालमा पठाएका थिए ।
पुर्वअध्यक्ष भवन भट्टसंग निकट भएर काम गरेका बस्नेत पछिल्लो समय सबैको सल्लाह अनुसार सहकोषाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउछन ।
भक्तपुर सुर्यविनायक निवासी बस्नेत डेढ दर्शकदेखी क्यानडामा बस्दै आएका छन् । उनको उमेदबारीलाई एनआरएन क्यानडाले आफ्नो आधिकारीक उमेदबारको रुपमा पनि अगाडि सार्ने भएको छ ।