क्यानाडावाट नयाँ नेपाली गीतको भिडियो रिलिज

0
1829

राजु थापा, टोरोन्टो

२८ डिसेम्बर, २०१७

युट्युब च्यानल “ड्रिम्सगेट नेपाल” ले क्रिसमस र नयाँ बर्ष सन् २०१८ को अवसर पारेर क्यानाडावाट नयाँ नेपाली गीतको भिडियो रिलिज  गरेको छ ।

अमेरिकाको बैभबशाली न्यूयोर्क शहरमा छायांकन गरिएको न्यूयोर्कवाली गीतको भिडियोमा न्यूयोकवाली बसन्ती अमेरिकामा नै रहेकी प्रसिद्ध डान्सर तथा मोडल पार्वती राई रहेकी छिन् भने उनको साथमा कृश थापा, प्रवेश उप्रेती पौल र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको अभिनय रहेको छ।

ड्रिम्सगेट नेपालको युट्युब च्यानलवाट विश्वभर एकसाथ रिलिज भएको उक्त गीतको भिडियोमा गायन गायक जगदीश समाल र गायिका सपनाश्रीको रहेको छ। संगीत ओम कर्माचार्यको रहेको उक्त गितको गीतकार सुरेन्द्र नकर्मी  रहेका छन् भने छायांकन पासांग निमा शेर्पाले गरेका छन् ।

एक ताकाका चर्चित नेपाली सिनेमाका नायक तथा हालका चर्चित कलाकार, गितकार, निर्देशक क्यानडा निवासि ईश्वर थापाको निर्देशन र सम्पादनमा उक्त गीतको निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here