खरेल र खनालको संयुक्त प्रयासमा सिड्नीमा खुल्यो किङ्सफोर्ड कलेज

0
217


सिड्नी, अस्ट्रेलियामा नेपाली समाज फैलिदैजाँंदा यसले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँंदै आएको छ । प्राविधिक जनशक्तीको सवाल होस या ब्यापार अनि ब्यवशायमा होस नेपालीहरु मैदानमा भिडेकै छन अनि सफलताको साथ भिरेकै छन ।
डाक्टर र इन्जिनियर अनि आइटी र एकाउन्टीङमा मात्रै नभइ पछिल्लो समय शैक्षिक ब्यवशायमा समेत नेपालीहरुको उल्लेख्य भुमिका देखिदै आएको छ ।
यसै क्रममा सिडनीमा एउटा नया शैक्षिक प्रतिष्ठानको जन्म भएको छ । युवा ब्यवशायीहरु भीम खरेल र राज खनालको संयुक्त प्रयासमा सिडनीको सेन्ट्रल नजिकै किङ्सफोर्ड कलेजको स्थापना भएको छ ।
अस्ट्रेलिया सरकारको मान्यताप्रात गरिसकेपछि किङ्सफोड कलेजको शुक्रबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको हो । न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काले एक समारोहबिच कलेजको रिबन काटेर उदघाटन गरे । खड्काले अस्ट्रेलियाजस्तो बिकसित देशमा आएर नेपाली युवाहरुले शैक्षिक प्रतिष्ठान सुरु गनु निकै खुसीको बिषय भएको भन्दै सफलताको कामना गरे । खड्काले नेपाली समाज बिस्तारहुदै गर्दा यसले सकरात्मक शन्देशहरुको पनि थालनी गरेको सुनाए । उदघाटन कार्यक्रममै नेपाली समाजकी अगुवा इन्द्रा वनले यहाको हरेक क्षेत्रमा नेपालीको सहभागिता रहनु महत्वपुर्ण बिषय रहेको बताइन ।
डिप्लोमा इन बिजनेश, प्रोजेक्ट मेनेजमेन्ट , डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी र एडभान्स डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी प्राजेक्ट मेनेजमेन्ट लगायतका कोर्षहरु रहेको कलेजका बजार ब्यबस्थापक प्रकाश खरेलले बताए ।
आइटीमा काम गर्दै आएका भिम खरेल र हस्पीट्यालीटीमा नाम कमाएका राज खनालबिचको जोडीले सन्चालनमा ल्याएको कलेज निकै आकर्षक रहेको छ । हामीले शिक्षासँंगै शैक्षिक बाताबरणलाई पनि ध्यान दिने प्रयास गरेका छौ ,खरेलले भने । कलेजको बाताबरण र आवरणले पनि यसको शिक्षामा प्रभाव पार्ने कुरालाई बिर्सन नहुने तर्क खरेलले सुनाए ।
हस्पीट्यालीटी उद्योगमा चिनिएका युवा उद्यमी राज खनालले सेवाभावमा गरिने शैक्षिक क्षेत्रमा लगानी गर्न पाउदा उत्साहीत भएको बताए । उनले शैक्षिक उद्योग आफैमा महत्वपुर्ण र गम्भीर बिषय भएकोले यसमा चुनौतीहरु प्नि उत्तिकै रहेको सुनाए । कार्यक्रममा सिडनीका नेपाली समुदायका अग्रजहरु तथा शैक्षिक परामर्शदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here