खाली पेटमा पानी पिउनुका अनेकौ फाइदा

0
321

पानी पिउने बानीले पनि स्वास्थ्यमा धेरै समस्याको समाधान गरिदिन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुने भएकाले खाली पेटमा पानी खानुको छुट्टै महत्व हुने गर्दछ । यसको प्रमुख फाइदा भनेको नै पेटलाई स्वस्थ बनाउनु हो । खाली पेटमा पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ । खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुने गर्दछ ।

आन्द्रामा फ्लस
खाली पेटमा प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत बाहिर निस्किने हुँदा यसले पेट सफा गर्न मद्दत पु¥याउँछ । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईलाई एका बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेटमा खाँदा खुलेर शौच आउँने गर्दछ ।

शरिरका विकार फालिदिन्छ
तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउँछ
नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ ।

टाउको दुख्नबाट बचाउँछ
मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउँछ ।

कोलोन सफा गर्छ
पानी पिउदा कोलोन सफा गरिदिन्छ । खाली पेटमा एक गिलास पानी खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउँछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

उर्जा बढाउन मद्दत गर्छ
यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पानी पिउनुहोस् । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

अनुहारको छालामा चमक प्रदान गर्छ
खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ
समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here