गुटउपगुट हटाई पार्टीको हितमा अघि बढ्न सके काँग्रेस पहिलो बन्ने : ढुंगेल

0
453

नगरकोट, असोज २९ । पार्टीभित्र देखिएका गुट उपगुट र मनमुटावलाई त्यागेर पार्टीको हितमा सबै अघि बढ्न सके निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेस भक्तपुरका नेता रामेश्वर ढुंगेलले बताएका छन् ।

काँग्रेस भक्तपुर नगरसमिति– १ ले आज तिहार, नेपाल संवत तथा छठका उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा निवर्तमान सांसद ढुंगेलले नेता, कार्यकता र काँग्रेस शुभचिन्तकको साथ सहयोग लिई काँग्रेस जिताउ अभियानमा एकमन भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

वडा सभापति पवन भुजुको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टीका रुपमा विजयी गराउने अभियानमा एक जुट भएर लाग्न जिल्लास्थित नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here