गुटका कारण कांग्रेसी कार्यकर्ताबीच झडप

0
366

तेस्रो चरणको स्थानीय निर्वाचनको टिकट बितरणमा बिवाद हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच आज सिराहामा कुटाकुट भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर पूर्व मन्त्री सितादेवी यादव र सभापति देउवा पक्षधर जिल्ला सभापति रामचन्द्र यादव पक्षबीच नेपाली कांग्रेस पार्टी कार्यालय सिराहामा कुटाकुट भएको हो ।

दुई पक्षबीच भएको झडपमा देउवा पक्षधरका १३ जना घाइते भएका छन । घाइते हुनेहरुमा ३ नम्बर क्षेत्रीय सभापति सञ्जय यादवसहित बुधन यादव, देवनाथ सहनी, लट्टु राई, राजेश्वर यादव, रामबाबु यादव, कामेश्वर यादव, मुकेशकुमार यादव, सर्जितकुमार साह, मनोजकुमार यादव, शत्रुघन यादव, जगदिश यादव रहेका छन । घाइतेहरुको टाउको र शरीरमा गहिरो चोट लागेको छ । सभापति देउवा पक्षले ३ नम्बर क्षेत्रको टिकट बितरणमा आफूखुसी गर्दै इमान्दार कांग्रेसलाई पाखा लगाएको र उम्मेदवारी मनोनयनकै दिन सभापति र सचिवले पैसाको आधारमा टिकट दिएको आरोप लगाउँदै पूर्व केन्द्रीय कोषाध्यक्ष यादवसहित पौडेल पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेपछि टिकट बितरणलाई लिएर दुवै पक्ष एक अर्कामाथि खनिएपछि पार्टी कार्यालयमै दुई पक्षबीच झडप सुरु भएको थियो ।

झडपका क्रममा दुवै पक्षले एक अर्कापक्षबिरुद्ध नारावाजी गरेका थिए । सिरहामा संस्थापनको नेतृत्व सभापति रामचन्द्र यादव र सचिव उपेन्द यादवले गर्दै आएका छन् भने पौडेल पक्षको नेतृत्व केन्द्रीय कोषाध्यक्ष नेतृ सीतादेवी यादवले गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here