चिकित्सकहरुलाई काममा फर्कन सरकारको अनुरोध

0
307

काठमाडौँ, असोज ९ । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किनको लागि सरकारले अनुरोध गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सकले उठाउँदै आएका माग प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि सम्बोधन गर्ने भन्दै काममा फर्किन आग्रह गरेको हो । सरकार समस्या समाधान गर्न सक्रिय रहेको भन्दै चिकित्सकहरुलाई काममा फर्कन सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले आग्रह गरिएको बताए ।

उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाट नै क्षतिपूर्ति भराउने सरकारको निर्णयका विरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकको आन्दोलनका कारण विभिन्न अस्पतालमा उपचारका लागि पुगेका विरामीको उपचार हुन सकेको नसकेपछि सरकारले चिकित्सकलाई पुन काममा फर्कनको लागि अनुरोध गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here