चुनौतिको समाधान सङ्गठनभित्रै खोज्न गृहमन्त्रीको निर्देशन

0
804

प्रहरीहरुमा अनुशासनको पालना सहित विधि स्थापित गरी सङ्गठन भित्रैबाट समस्याको समाधान खोज्नुपर्ने कसङ्गठन भित्रैबाट कुरामा गृहमन्त्री जनार्दन शर्माले जोड दिएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले प्रहरी सङ्गठनभित्र रहेका अनेकौ चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले चेन अफ कमाण्डुलाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षण लगायतका विषयहरुमा क्रमिक रुपमा सुधार गर्न आफू तयार रहेको जनाए । सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र समृद्ध र विकसित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने कुराको चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराइनुपर्ने बताए । अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतङ्कवाद जस्ता घटनामा समेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल गर्न सकिने उनले उल्लेख गरे । संविधान अनुसार प्रहरीको प्रादेशिक र संघीय संरचनाबारे सरकारको ध्यान गएका उल्लेख गर्दै उनले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा तयार हुनुपर्ने औल्याए । सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई बुझेर कार्य सम्पादनमा पालना गरिने प्रतिबद्धता व्यक्त गरे । निरीक्षणका क्रममा गृहमन्त्री शर्माले कमाण्ड सेन्टरबाट ‘भिडियो कन्फ्रेरेन्स’मार्फत क्षेत्रीय प्रहरी प्रमुखसँग कुराकानी गर्दै पहिलो चरणको निर्वाचन सम्पन्न गर्न प्रहरी महानिरीक्षक लगायत प्रहरी जवानसम्मका प्रहरी कर्मचारीले खेलेको भूमिका सरहानीय रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here