जनताको काम गर्दा राजनीति भन्दा माथि उठेर लाग्नुपर्छ : अध्यक्ष मगर

राम थापा मगर
वडा नं. २ अध्यक्ष, मध्यपुर ठिमी नगरपालिका, भक्तपुर
नेपाली कांग्रेस भक्तपुरका युवा नता हुन् राम थापा मगर । उनी मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ का अध्यक्ष एवं नगर प्रवक्ता पनि हुन् । जनताको कामप्रति सधैं दत्तचित्त भएर लाग्ने उनी जुझारु नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । कोरोना कहरबाट जनता जोगाउन लाग्ने क्रममा मगर आफै सक्रमित पनि भए । नगरको विकास निर्माण र कोभिड नियन्त्रणको समसामयिक विषयमा केन्द्रित रहेर अध्यक्ष मगरसँग कालिका महतले गरेको कुराकानी :

मध्येपुर ठिमीको नगरसभा हुन किन ढिला भयो ?
हाम्रोमा अलिअलि विवाद थियो । त्यसले समयमै नगरसभा गर्न ढिलाई भइरहेको थियो । अलिअलि कोभिडको कारणले पनि समयमा काम सम्पन्न हुन सकेको थिएन । अर्को हाम्रा जनप्रतिनिधिहरु पनि जनतासँग फेस गर्न डराएको अवस्था थियो ।

विवाद हुनुको कारण के थियो ?
यसमा चाहीं हाम्रा जनप्रतिनिधिहरु जनतासँग अलि डराएको देखियो । सबै जनताले वडालाई बाहेस गरेर नगरपालिकालाई मात्रै बजेट दिने हो ? भनेर प्रश्न गर्दछन् । फेरि यो वर्ष स्थानीय तहको चुनाव पनि आउँदै छ । अनि जनतामा यो कार्यसमितिले अहिलेसम्म के ग¥यो त भन्ने कौतुहलता पनि छ । सबैले चाहने नगरको विकास नै हो ।

त्यसमा जनताको पनि चासो हुनेनै भयो । यिनै समसामयिक विषयमा विवाद आएको थियो । त्यसपछि हामी जनप्रनिधि र जनतालाई विकास चाहिएको हो । जुन पार्टीबाट आएको भएपनि हामीले नगरको विकास नै चाहेका हौं । विकास गर्ने ठाउँमा पार्टी राजनीति नगरौं । राजनीति चुनावमा गरौला भनेर यसपालि पहिलाको भन्दा सहज ढंगले नगरसभा सम्पन्न भयोे ।

त्यसोभए नगरसभा आगामी चुनाव लक्षित भएर टुंगियो ?
यो चुनावी वर्ष भएर पनि होला । त्यस्तै ढंगले जनप्रतिनिधिहरु पनि प्रस्तुत भएको देखियो । सबैले आगामी स्थानीय चुनाललाई केन्द्रमा राखेर केही लचकताका साथ सहमति भएर नगरसभा सम्पन्न भएको छ ।

राजनीतिक एजेण्डा भन्दा पनि जनभावना र विकास निर्माणलाई सबैले साझा अवधारण बनाएर बाटो खोलियो । त्यसले पहिलाको दाँजोमा सहमति गर्न पनि सहज भयो।

मेयर फरक पार्टीको वडा अध्यक्षहरु फरक पार्टीको हुँदा काम गर्न कत्तिको अप्ठ्यारो हुँदोरहेछ ?
अलिअलि अप्ठ्यारो त बेलाबेलामा भइनै रहन्थ्यो । तर, जस्तोसुकै अप्ठ्यारो भएपनि त्यसको समाधान त भइहल्छ । राजनीति सिद्धान्त नै फरक भएपछि अलिअलि विवाद र अप्ठ्याराहरु हुन्छन् ।

त्यसलाई सधैं विवादमा लिनुहुँदैन भन्ने हुन्छ । राजनीति विषयलाई लियर विवाद हुँदा उहाँहरुसँगै बसेर छलफल गर्र्छाै । राजनीति सिद्धान्त पार्टी फरक भएपछि काम गर्न धेरै अप्ठ्याराहरु भइरहन्छ । त्यसमा मध्यपुर ठिमी नगरपालिका पनि अछुतो छैन ।

आफूले चुनाव जितेको वडाका जनताबाट स्यावासी, गुनासा के पाउनुभयो छ ?
मैले आफ्नो तारिफ आपैmले गरेर हुँदैन । त्यो यहाँका जनताले मुल्यांकन गर्ने विषय हो । म चाहीं मध्यपुर ठिमी नगरपालिका वडा नं. २ को वडा अध्यक्ष हुँ । यहाँका जनतामा आइपर्ने समस्या समाधानका लागि आफ्नो बलबुताले भ्याएसम्म मैले सम्बोधन गरेको छु ।

हामीले चुनावका बेला ल्याएका एजेन्डा र जनताले गरेको अपेक्षा अनुसार काम गरेको जस्तो लाग्छ । त्यो अनुभूति जनताले पनि गरेका छन् । हाम्रो घोषणापत्र अनुसार मैले काम गरेको छु ।

त्यसअनुसार जनताबाट पनि सल्लाह, सुझाव, साथ र सहयोग पनि पाइयो । धेरैको काम गर्दा केही कमीकमजोरीहरु भएहोलान् । कसैकसैलाई कमी भएको हुन सक्छ । तर, समग्रमा मेरो वडाका आमजनता सन्तुष्टै भएको पाएको छु ।

वडा अध्यक्ष हुँदा यो काम मैले गरेको हो भन्ने के के डाटा छन् ?
मध्येपुर ठिमी नगरपालिका चाहीं काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडा जोडिएको छ । पहिला त्यो ३२ वडा एक किसिमको थियो, यो २ नम्बर एक किसिमको थियो । त्यो ठ्याक्कै मनहरा खोलाले छुट्याउँछ ।

अहिले काठमाडौंको ३२ नम्बर वडा र मध्येपुर ठिमीको २ नम्बरमा केही फरक छैन । मैले काम गरेको छ कि छैन भनेर त्यही बाटो हेरेरै भन्न सक्छन् । मेरो वडामा कत्तिको विकास भएको छ । मैले सही काम गरेको छु कि छैन भनेर मैले भन्नै पर्दैन जनाले नै भन्छन् ।

खानेपानी तथा ढलनिकालमा कस्तो योजना छ ?
यसपालि ढलनिकालमा पनि हामीले ठूलो छलाङ्ग मारेका छांै । यसअघि ढलको एकदमै समस्या भएको मध्येपुरको १ नम्बर, २ नम्बर र ३ नम्बर हुन् । यहाँ ढलनिकासको ठूलो समस्या थियो ।

त्यसको लागि नगरबाट बजेट छुट्याउन गाह्रो भएकाले यसपालि हामीले वडाबाटै बजेट छुट्याएर काम ग-यौं । यहाँ हामीले लगभग ४० लाखको लागतमा ढलनिकासको काम ग¥र्यौं ।

यसले वर्षाको समयमा हिलो भएर ढुंगा चढ्नुपर्ने घरमा जान र हिउँदमा धुलोले सधैं झ्यालढोका थुनेर बस्नुपर्ने अवस्था थियो । त्यस्तो ठाउँमा यसपालिका ढल हालेर ग्राबेल भइसकेको छ । अब छिट्टै ती ठाउँमा कालोपत्रे गर्दै छौं । त्यसको अनुभूति वडावासीहरुले गरेका छन् ।

तपाईंको वडामा कोरोनाले कत्तिको सतायो ?
कोरोनाले विश्वलगायत देशै आक्रन्त भएकाले त्यसबाट हाम्रो वडा पनि अछुतो रहेन । नेपाल सरकारले लकडाउन सुरु गरेपछि हामीले पनि आफ्ना वडावासीमा रोगबाट बच्न विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन ग¥र्यौं । लकडाउनका बेला जनता घरघरमा थुनिनुप¥यो ।

दैनिक ज्यालामजदुरी गरेर खानेलाई समस्या भयो । त्यसबाट जोगाउन विभिन्न दातृ निकायसँग कोअडिनेसन गरेर उहाँहरुलाई केही राहतको व्यवस्था गरियो । वास्तविक पीडित परिवार खोजेर राहतको व्यवस्था गरियो । त्यो देखेर दातृ निकायहरु खुसी भएर अभैm त्यस्ता वास्तविक पीडित खोज्नुहोस् भन्ने कुरा आयो ।

त्यसपछि हाम्रा वडाका वास्तविक पीडितलाई परिपूर्ति भइसकेपछि हामीले वडा नम्बर १ समेत गएर त्यहाँका वास्तविक पीडित खोजेर राहतको व्यवस्था मिलायौं । यसरी अर्को वडाका ५ सय सुकुम्वासी घरधूरीलाई सहयोग गर्ने मौका हामीले पायौं ।

कोरोना रोकथाम र परीक्षणको लागि के के गर्नुभयो ?
रोकथामको लागि माक्स, स्यानिटाइजर प्रयोगका लागि विभिन्न सञ्चारमाध्यममार्पmत् जनतालाई सुसूचित गराउन अवार्नेसको काम ग¥यौं । त्यसपछि कोरोना परीक्षण गराउन थालियो ।

गम्भीर समस्या देखिएकालाई अस्पताल लाने, अक्सिजनको समस्या परेकालाई व्यवस्था मिलाउने काम गरियो । त्यसको साथै स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने काम पनि गरियो । त्यसपछि होम आइसुलेसनमा बस्न नमिल्ने मान्छे बस्नको लागि नगरभरिका मान्छे बस्न मिल्ने गरी एउटा आइसोलेसन सेन्टरको बनाएका छौं ।

यसपालि अक्सिजन अभावले धेरै मान्छेलाई सतायो । त्यसबेला हामीले व्यक्तिगत खर्चमा पनि अक्सिजनको व्यवस्था ग¥र्यौं । त्यसरी व्यवस्था गरिएका अक्सिजनहरु केही अस्पतालहरुलाई, केही होम आइसुलेसनमा बस्नेलाई दियौं ।

तपाईंको वडामा अहिले कोरोना समस्या छ कि छैन ?
अहिले एकदमै न्यून गतिमा देखिएको छ । परीक्षण गराउँदा अरुको तुलनामा एकदमै कम हाम्रो वडामा देखिएको छ । अब हामीले सम्पूर्ण वडावासीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई जोड दिएका छौं ।

खोप लगाउने काम सुरु भइरहेको छ । तपार्इंले फोन गर्दा पनि म खोप लगाउने कार्यक्रममै थिएँ । अहिले भेरोसिल खोप लगाउने काम भइरहेको छ । यस वडाका धेरै मान्छेले खोप लगाउने अवसर पाइसकेका छन् ।

खोप लगाउनेबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
खोप लगाइसकेपछि मान्छेमा मनोबल बढेको छ । ‘अब मैले खोप लगाएँ, मलाई केही हुँदै’ भन्ने लाग्नु स्वभाविकै हो । तर, खोप लगाउँदैमा संक्रमण नहुने चाहीं होइन । यसले मान्छेहरुमा आत्मविश्वास बढाएर त्रासमुक्त बनाएको छ।

मनोबल बढ्ने नाममा लापरवाही पनि बढ्ला नि ?
त्यसको निवारणको लागि हामीले विभिन्न सञ्चारमाध्यमबाट खोप लगाउँदैमा संक्रमण नहुने होइन । त्यसको लागि विश्वस्वास्थ्य संगठनले अपनाएको मापदण्ड अनुसार भौतिक दुरी कामय गर्ने, माक्स लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता जनचेतनामूल सन्देशहरु दिइरहेका छौं ।

तपाईंको वडामा यो चाहीं काम भएन भनेर जनगुनासो आएको छैन ?
अलिअलि आएका छन्, यसपालिबाट त्यो पनि गर्ने ठाउँ हुँदैन । हामीले विकास निर्माणका काम गर्दा प्राथमिकताका आधार गर्दछौं । कुन ठाउँमा तत्काल गरिहाल्नुपर्ने, कुन ठाउँमा अलिपछि गर्दा पनि हुने भन्ने हुन्छ । त्यसरी प्राथमिकताको आधारमा पालो पछाडि आउनेहरुले हाम्रोमा चाहीं भएन भन्ने गुनासो गरेको कर्तकतै सुनिन्छ । अब त्यो आउँदैन, त्यस्ता ठाउँमा हामी छिट्टै काम गर्दैछौं ।

भर्खरै सम्पन्न नगरसभाले कुन क्षेत्रलाई फोकस गरेर बजेट पारित ग-यो त ?
अहिले कोरोना आतंकले विश्वलाई सताएकाले हामीले पनि यसपालिको बजेट त्यसकै नियन्त्रण, उपचार र खोपको लागि बजेट फोकस गरेका छौं । विश्वस्वास्थ्य संगठनका अनुसार थप भेरियन्ट आउँदा बालबालिकालाई बढी असर गर्दछ भन्ने भनाइ छन । त्यसैले तेस्रो भेरियन्ट आउँदा धेरै भयाबह अवस्था नआवस् भनेर पूर्वतयारी गरेका छौं । अहिलेको बजेटमा स्वास्थ्य क्षेत्रलाई फोकस गरेका छौं ।

जनतामा सचेतना जनाउन कुन माध्यमको उपयोग गर्नुभएको छ ?
अहिले टोलटोलमा जाने अवस्था छैन । त्यसैले विभिन्न सञ्चारमाध्यमबाट समाचार, विज्ञान प्रकाशन, प्रसारण गरेर जनचेतानामूल सूचना आदानप्रदान गर्ने काम गर्ने गरेका छौं ।

होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, कलेज, स्कुल सञ्चालन गरेर भिडभाड भएको छ कि छैन ?
त्यसको लागि हामीले प्रत्यक्ष मनिटरिङ गरेर रोक्ने काम भएको छ । पहिलो लकडाउनको बेलामा पनि एक, दुई स्कुलले लापरवाही खोल्ने गरेमा हामी आफै गएर तुरुन्त बन्द गराएका थियौं । उहाँहरुलाई हामीले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने काम नगर्नुहोस् । अनलाइन क्लास चलाउनुहोस् भनेका थियांै । अहिले चाहीं त्यस्तो समस्या छैन ।

जग्गासम्बन्धी भैmझगडाका मुद्दा कत्तिको आउँछन् ?
त्यस्ता प्रकृतिका मुद्दाहरु धेरै आउँछन् । विकास निर्माणका काम गर्दा, बाटो फराकिलो गर्दा, बिजुलीको पोल सार्ने क्रममा गुनासाहरु आउँछन् । त्यसमा मेरो धेरै जग्गा गयो, बिजुलीको पोल मेरो जग्गामा प¥यो । सडक, ढल खन्दा मेरो जग्गा काटियो, फलानाले मेरो मिचिदियो भनेजस्ता थुप्रै भैmझगडाका मुद्दाहरु आउँछन् ।

त्यसलाई कसरी मिलाउनुहुन्छ त ?
यहींका पुराना वासिन्दाहरु हुन्छन् । म पनि यहीको स्थानीयवासी हुँ । सबैले चिनेका हुन्छन् । त्यो भएपछि उनीहरुलाई मैले चिनेको, आफैले भोट दिएर जिताएको मान्छे भएपछि मेरै फेबरमा काम गरिदिन्छन् भन्ने उनीहरुमा विश्वास हुन्छ । हामीले पनि कसैलाई मार नपर्ने गरी निश्पक्ष ढंगले निर्णय गरिदिन्छौं । त्यसमा एक, दुई बाहेक धेरैमा ठिक गरेको छ भन्ने भएपछि चित्त बुझाउँछन् । फेरि हामी गइसकेपछि धेरै ठाउँमा त्यस्ता विवादहरु एकाएक समाधान हुन्छन् ।

आगामी पार्टी राजनीति यात्रालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
म चाहीं वडा नं. २ अध्यक्ष हुनुका साथै मध्येपुर ठिमी नगरपालिकाको प्रवक्ता पनि हुँ । प्रवक्ताको हैसियतले नगरका सबै वडामा काम गर्ने मौका पनि मिल्यो । त्यसले सबै वडाका प्रतिनिधि र जनतासँग नजिबाट घुलमिल गर्ने अवसर प्राप्त भयो । मध्येपुर ठिमी नगरपालिकामा ९ वटा वडा छन् ।

प्रवक्ताको हैसियतले ती ९ वटै वडाका जनताका काम गर्ने अवसर पाइयो । अब नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदै छ । वडा अध्यक्ष हुँदा प्रवक्ताको काम गरेको अनुभवले कांग्रेस महाधिवेशनमा मध्येपुर ठिमी नगरपालिकाको नगर सभापति उठ्ने तयरीमा छु । त्यसमा धेरै साथीहरुले साथ, सहयोग गर्नुभएको छ । त्यसलाई सम्मान गर्दै आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा मध्येपुर ठिमी नगरपालिकाको नगरसभापति उठ्दै छु ।

नगरसभापतिमा ठूलै प्रतिस्पर्धा होला नि ?
धेरैजनाको सल्लाह, सुझाव र सुझबुझका साथ अगाडि बढेकाले नगरसभापतिमा चुनाव जित्छु भन्नेमा ढुक्क छु । वडा अध्यक्ष हुँदा नगरका सबै वडाको काम गरेकाले पुराना साथीहरुले तिमी हुँदा राम्रो हुन्छ भनेकाछन् । त्यहीं आत्मविस्वासका साथ मैले यो पाइला चालेको हुँ ।