जनशक्ति अभावका कारण पर्यााप्त सेवामा चुनौति छ : प्रमुख सापकोटा

काठमाडौं महानगर प्रहरी प्रमुख (एसपी)
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा जन्मिएका धनपति सापकोटा काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख हुन् । सधैं जनताको सेवाप्रति दत्तचित्त भएर लाग्ने सापकोटा कुशल प्रशासक, कर्तव्यनिष्ठ र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । नगरवासीको शान्ति, सुव्यवस्था र अमनचयनमा तल्लीन उनी सेवा नै धर्म ठान्दछन् । त्यसको लागि उपयुक्त जनशक्ति र समय सुहाउँदो नोक्नोलोजी खाँचो पर्ने उनको ठम्याई छ । काठमाडौं महानगरको शान्ति सुरक्षा र भैपरी आउने घटनासँग केन्द्रित रहेर प्रमुख सापकोटासँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

महानगरपालिकाभित्र के÷कस्ता सुरक्षा समस्याहरु आइपर्दछन् ?
महानगरपालिकाभित्र धेरै जनसंख्या छ । त्यसको तुलनामा नगर प्रहरीको संख्या एकदमै कम छ । जनघनत्वसँगै सवारी आगमन पनि बढी छ । यहाँ हशरी इलाका पनि धेरै छ । होटल, पसल, व्यापार व्यवसाय पनि बढी छ । पछिल्लो समय हरेक चोकहरु न्यूरोड जत्तिकै व्यस्त भइसकेको छ । शहरी व्यस्ततासँगै बढेको जनसंख्या र तिनलाई दिनुपर्ने शान्ति सुरक्षालाई ध्यान दिँदा अहिलेको नगर प्रहरी संख्याले थेग्न सक्ने अवस्था छैन । उपयुक्त प्रहरी जनशक्ति नहुँदा जनचाहना अनुसार सेवा पु¥याउन चुनौतिपूर्ण भएको छ ।

जशक्ति कम भन्नुहुन्छ शहरी चापलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले हामीले सडक, पेटीमा हुने अतिक्रमणलाई पूर्ण रुपमा हटाउने प्रयासमा छौं । फुटपातमा पसल राख्ने संख्या बढिरहेकाले पनि सडक जाम हुने, दुर्घटना हुने बढी सम्भावना हुन्छ । अहिले नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, कालिमाटी पनि न्यूरोड सरह नै व्यस्त हुन थालेको छ । यी ठाउँहरुमा सवारी आगमन र सडक, पेटीका फुटपाथे पसल व्यवस्थामा कठिनाइ छ ।

ट्राफिक बत्तिको कमीले सवारी आगमन असहज भएको हो ?
महानगरभित्रका अधिकांशक ठाउँमा त सडक बत्तिको व्यवस्था छ । तर, अन्य कुरा यथावत रहेसम्म बत्तिले केही ठाउँमा मात्रै कभरेज गरको हुन्छ । बत्तिको खाँचो भन्दा पनि टेक्निकल कुराले असहज पारिरहेको छ । त्यसलाई बत्तिले मात्रै म्यानेज गर्दैन । जहाँ बत्ति बाल्न सम्भव छ, ती ठाउँहरुमा बत्तिकै माध्यमबाट सवारी आगमन सुचारु गरिएको छ ।

सडकमा सवारी आवगमन चुस्तदुरुस्त पार्न के गर्नुपर्छ ?
सडकमा प्रयोग गरिने सबै टेक्नोजलीहरु भरपुर उपयोग गर्नुपर्छ । सर्वसाधारणलाई रोड क्रमस गर्न ओभरहेडको प्रयोग गर्नुपर्छ अझ अन्डरपास गर्न सके झन् राम्रो हुन्छ । ट्राफिकलाई चुस्तदुरुस्त पार्न बत्ति अनिवार्य चाहिन्छ । गाडीहरु क्यूमा बस्नुपर्ने समस्या हाम्रोमा देशमा मात्रै होइन अन्य मुलुकहरुमा पनि हुन्छ । अझ अन्य देशको तुलनामा हाम्रोमा कमै हो । सवारी आगामन पूर्वाधारहरु प्रयोग गर्ने हो भने ट्राफिक जाम अभैंm घट्छ ।

नेपालको प्रहरी एशियामै राम्रो भनिन्छ तर त्यो खालको अनुभूति जनताले पाउन सकेका छैनन् नि ?
अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरी अन्य मुलुकको तुलनामा राम्रो छ । हाम्रामा हुने क्रिमिनल एकटीभिटी पनि टेक्निकलभन्दा ट्रेडिसनल केसमा आधारित छ । तर, आममान्छेबीच रोडमै गर्नुपर्ने काममा अनुसन्धानको क्यापासिटी एप्लाई हुँदैन । त्यसको लागि टेक्नोलजीले सपोर्ट गर्नुपर्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै वर्ग समुदायको प्रतिनिधित्व काठमाडौंकै रोडमा हुन्छ ।

ती मान्छेहरुको भीडलाई काठमाडौं महानगरभित्रको रोडले धान्नुपर्ने हुन्छ । हाम्रो देशमा अन्य मुलुकको जस्तो चुस्तदुरुस्त ड्राइभिङ शिक्षाको कमी छ । सर्वसनधारणमा ट्राफिक चेतना छैन । ड्राभिङ लाइसियन पनि विभिन्न बाटाबाट घुमाइफिराइ बिना ज्ञान लिएका हुन्छन् । ड्राइभिङ ज्ञान शिक्षाको कमी भएका मान्छेले पनि विभिन्न बहानामा लाइसियन्स लिएकै हुन्छन् । उनीहरुका कारणले पनि रोडमा डिस्ट्रब हुन्छ ।

रोडको सम्वेदनशीलतालाई बुझ्ने ट्राफिक शिक्षा पनि हामीले दिएका छैनौं । त्यसकारण रोडमा काम गर्ने कुरालाई अन्यसँग तुलना गर्न मिल्दैन । यो विन्न खालको टेक्निकल कुरा हो । यो समस्या घटाउनका लागि आधुनिक टेक्नोलजीलाई प्रयोग गर्नुपर्छ । अहिलेका विद्यमान कानुनहरुमा सुधार गर्नुपर्छ । आमनगरिकमा चेतनाको विकास गर्नुपर्छ । उनीहरुमा मैले हक अधिकारको कुरा गर्दा अरुको हक अधिकार हनन् हुनुहुँदैन भन्ने ज्ञान हुनुपर्छ ।

सडक, पेटीमा पसल गर्नेहरु नगर प्रहरीले हैरान पा¥यो भनेर गुनासो गर्छन् नि ?
भाडा नतिरिकन सार्वजनिक ठाउँमा डिस्ट्रब गरेर व्यवसाय गर्ने मान्छेले गरेको गुनासो मानिँदैन । किन भने रोड भनेको सबै नागरिकहरुले स्वतन्त्र हिडडुल गर्ने ठाउँ हो । कुनै व्यक्तिविशेषले आफ्नो जीविको पार्जनको लागि प्रयोग गर्ने ठाउँ होइन । यो त सरासर कानुनी रुपमा दण्डनीय छँदैछ । त्यसरी सार्वजनिक ठाउँमा पसल खोल्नेलाई त अझ सशक्त रुपमा कारबाहीको दायरामा ल्याउनुपर्ने हो । अर्को रोडमा गएर पसल गर्ने अनि नगर प्रहरीले दुःख दियो भन्ने गुनासो सुन्ने होइन । यो कामको बैतिरबाट निरुत्साहित नै गर्नुपर्छ ।

राति व्यस्त बजार छेउमा होटल, पसल गर्नेलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
रात्रीकालीन समयमा चिया, खाजा पसल चलाउनेलाई बरु हामी व्यवस्थित गर्न सक्छौं । तर, त्यसरी पसल गरिने ठाउँ सुरक्षित हुनुप¥यो । ठाउँहरु सुरक्षित हुनुप¥यो । भैंmझगडा हुनु भएन, सडक दूर्घटना हुनुभएन । सुरक्षित ढंगले रात्रीकालीन होटल, पसल चलाउनु पर्छ । जसको कारणले केहीले रोजगारी पाउछन्, कसैको रोजीरोटी चल्छ ।

काठमाडौं जस्तो शहरमा रात्रीकालीन पसल चल्नु राम्रो कुरा हो । देशको राजधानी जस्तो ठाउँमा रात्रीकालिन जीवन सहज भएन भने महानगर भन्न पनि सुहाउँदैन । काठमाडौंलाई जीवन्त बनाउन पनि त्यो सुविधाहरु चाहिन्छन् । होटल, पसल मात्रै होइन यातायात र पेट्रोल पम्प, एटिएम सुविधा पनि सहज नुहुपर्छ । दिउँसो पाकिङ सुविधा हुँदैन राति त्यो पनि सहज हुन्छ ।

सामान पनि रात्रीकालीन भनेर महंगो गर्न पाइँदैन । सर्वसुलभ र सस्तो हुनुपर्छ । यस्ता सुविधा र व्यवस्था छ भने महानगर प्रहरी सकारात्मक छ । तर, अब राति त होनि भनेर जथाभावी मुख्य सडकमै पसल गर्ने सवारी आगामनमै अवरोध पु¥याउने । सामानहरु महांगोमा कमसल सामान ल्याएर ग्राहक ठग्ने कामको लागि महानगर प्रहरी सकारात्मक छैन ।

त्यसोभए फुटपाथमा पसल गर्नेलाई कडा कारबाही गर्नुहुन्छ हो ?
कडा कारकाबाहीको त कुरै छोडौं त्यसरी राखिएको सामानै सिज हुन्छ । त्योभन्दा ठूलो कारबाही के हुन्छ र ? त्यसरी सार्वजनिक ठाउँमा पसल गरेर आगमनलाई अवरोध सिर्जना गर्नेको सामान नगर प्रहरीले जफत गर्छ । त्यसरी जफल गरिएका सामान लिलाममा राखिन्छ ।

जनसंख्या अनुसार सेवामा पहुँच पु¥याउन के को खाँचो जस्तो लाग्छ ?
काठमाडौंको भिडभाड र जनसंख्याको भार अनुसार सेवालाई चुस्त, दुरुस्त बनाउन नगर प्रहरीको संख्या पर्याप्त चाहिन्छ । नगर प्रहरीको संख्या बढाउन सकियो भने सेवालाई सर्वसाधारणले अनुभूति गर्ने गरी तल्लोतहसम्म पु¥याउन सकिन्छ । अब कम्युनिटी सुव्यवस्थालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

अहिले नगर प्रहरीको कति छ ?
अहिले काठमाडौं महानगरनगर प्रहरी संख्या १७५ जना छ । नगर प्रहरी महानगरको सहयोगी संस्था हो । नगरभित्र हुने जुनसुकै घटना व्यवस्थापनको लागि नगर प्रहरीलाई प्रयोग गरिन्छ । जस्तो कोभिड महामारी व्यवस्थापन, खोप हाल्नेदेखि भैपरी आउने दैवी प्रकोपको हुँदा पहिला नगर प्रहरी नै परिचालन गरिन्छ ।

वडा कार्यालयमा आउने विभिन्न किसिमका आकास्मिक समस्या समाधानका लागि नगर प्रहरी फोकस गर्नुपर्ने हुन्छ । महानगरका विभिन्न निर्णयहरु कार्यान्वयनका लागि पनि नगर प्रहरीलाई प्रयोग गर्नुपर्छ । सडक, पेटीमा जथाभावी सार्पिङ गरिएका ठाउँबाट मोटरसाइकिल, गाडी उठाएर कारबाही गर्न त्यसैलाई प्रयोग गर्नुपर्ने हुन्छ । महानगरभित्रका यावत समस्या समाधानका लागि नगर प्रहरी प्रयोग गर्नुपर्ने भएकाले अहिले दरबन्दी संख्या एकदमै कम छ ।

यी यावत समस्या समाधानका लागि कति संख्या आवश्यक छ ?
नगर प्रहरीको संख्या ५ सय पु¥याइयो भने हाम्रो सोचाइअनुसारको रिजल्ट दिन सक्छौं । नगर प्रहरीको संख्या पर्याप्त नभएकाले कतिपय वडा अध्यक्षहरुले गर्न खोजेको काम गर्न पाउनुभएको छैन । वडा अध्यक्षहरुले आफ्नो इलाकामा शान्तिसुव्यवस्था कायम गर्न पाउनुभएको छैन । अहिले नै कति गुनासाहरु आइरेका हुन्छन् । ती ठाउँमा संख्या कम भएकाले भनेको बेलामा सेवा दिन सकिएको छैन ।

कतिपय टाउन प्लानिङ क्षेत्रहरुमा राति गाडामा सामान ल्याएर होहल्ला गरेर हाम्रो एरिया ध्वस्त बनाए भन्ने गुनासा आइरहेका हुन्छन् । त्यस्ता ठाउँमा जनशक्तिको कारण मैले अनुभूति गरेअनुसारको शान्ति सुव्यवस्था कायम गर्न पाइएको छैन । फेरि सबैं ठाउँमा जनशक्ति मात्रै परिचालन गर्नुभन्दा पनि टेक्नोलोजी फ्रेन्ली हुनुपर्छ । तर, जतिसुकै टेक्नोलजीको प्रयोग भएपनि हाम्रो क्षेत्र भनेको बिनाजनशक्ति सम्भव छैन । किन भने हाम्रो सेवामा भौतिक उपस्थिति हुनैपर्छ ।

त्यसको लागि फिजीकलि रुपमा उपस्थित हुन मान्छे नै चाहियो । जनशक्तिसँगै ठाउँविशेष र कामविशेषको सामाग्री पनि आवश्यक छ । जस्तो महानगरपालिकाले कुनै ठाउँ तोड्ने भनेर डिसिजन ग¥यो भने त्यसलाई तरुन्त एक्सनमा आउनको लागि सामाग्री पनि तयार हुनुपर्छ । हामीहरु यसो गर्नुहुँदैन, उसो गर्नुहुँदैन मात्रै भन्छौं । त्यसो गर्दा चाहिं के हुन्छ भनेर देखाउनको लागि जनशक्ति र टेक्नोलोजीसँगै चाहिन्छ । अनि मात्रै कामको वास्तविक रिजल्टा आउँछ ।

चाडपर्व नजिकिएसँगै चोरीडकैतीका घटना कत्तिको बढेका छन् ?
पछिल्लो समयम चोरी, डकैती र पकेटमारहरुको संख्या महानगरभित्र बढ्न थालेका छन् । चाडपर्वको बेला बढी भिडभाड हुन्छ । त्यस्तो ठाउँमा पकेटमारको बिगबिगी हुन्छ । त्यस्ता घटनालाई हामीले भन्दा पनि नेपाल प्रहरीले निगरानी गरी कारबाहीको दायरामा ल्याएको हुन्छ । हाम्रो जनशक्ति पनि त्यस्ता घटनाबाट नागरिकलाई जोगाउन कन्द्रित भइरहेको अवस्था छ ।

महानगरभित्र भैपरी आउने घटनाप्रति कस्तो सजगता अपनाउनुभएको छ ?
भैपरी आउने घटनाहरुप्रति महानगर प्रहरी चुस्त, दुरुस्त संगठनभित्र पर्छ । महानगर प्रहरी संगठन भनेको घरदैलोको सरकार हो । महानगरभित्र हुने जुसुकै आपतकालीन समस्याको पहिलो सूचना हामीलाई आउँछ । जस्तो बाढीपहिरो, भूकम्प, आगलागी, टोलभित्रका भैmझगडा, फोहोरो व्यवस्थापन लगायतका समस्याको पहिलो सूचना हामीलाई नै आउने हुँदा बढी सजग हुनुपर्छ ।

अन्ति मात्रै धोबीखोलामा बाढी आएर छेउछाउ बसोबास गर्नेहरुलाई आपत पर्दा हामीलाई सूचना आयोग । त्यो ठाउँमा हामी राति गएर उहाँहरुलाई चाहिने सरसहयोग ग¥यौं । डिजास्टर सन्दर्भमा महानगर प्रहरीलाई चुस्त संगठनको रुपमा मैले लिएको छु । त्यसको लागि आवश्यक भौतिकपूर्वाधार र जनशक्तिको आवश्यक पर्छ । जनशक्तिबिना त्यो ठाउँमा उपस्थित हुन सकिँदैन । त्यसकारण हाम्रो संगठनलाई महानगरले उपयुक्त जनशक्ति दिन आवश्यक छ ।

फोहोर व्यवस्थापनमा तपाईंहरुको भूमिका कस्तो रहन्छन ?
फोहोर उठाउने, व्यवस्थापन गर्ने सबैभन्दा मूख्य भूमिका नै महानगर प्रहरीको रहन्छन् । फोहोर व्यवस्थामा अप्रेसन अफिसर हाम्रो डिएसपी साव हुनुहुन्छ । उहाँको नेतृत्वमा फोहोर व्यवस्थापनका सम्पूर्ण काम हुन्छ ।

महानगर प्रहरी प्रमुखको हैसियतले नगरवासीलाई के सुझाव दिनुहुन्छ ?
चाडपर्वको बेलामा चोरीडकैती गर्नेहरुले दाउ हेरिराखेका हुन्छन् । आफ्नो गच्छेअनुसार चाड मनाउन सबैले खोजेका हुन्छन् । आयआम्दानी नहुनेले गलत मनसायबाट चाडपर्व मनाउन खोजिरहेका हुन्छन् । त्यसको शिकार हुनबाट जोगिन म नगरवासीलाई अनुरोध गर्दछु । त्यसको लागि लत्ताकपडादेखि खाद्य सामाग्रीहरु जस्तो माछा, मासु, मरमसला किनमेल गर्दा गुणस्तर छ कि छैन, उचित मूल्या हो कि होइन त्यसमा ख्याल गर्नुहोला ।

व्यापारीहरु चाडपर्वमा कामउने हो भनेर लागिपरेका हुन्छन् । त्सामान किन्दा गुणस्तर, तौल, मूल्यमा सजग हुनुहोला । त्यसैगरी आफ्नो घर, पसल, कोठाको सुरक्षाको लागि पनि सजग रहनुहोला । चाडपर्व मनाइरहँदा आफ्नो सम्पूर्ण लगानीको घर, पसल चोरी हुनसक्छ त्यसमा सचेत हुनुपर्छ । चाड मनाउने नाममा थोरै सजगता नअपनाउँदा सम्पूर्ण सम्पत्ति गुमाउन पनि वाध्य हुनुपर्ने हुन्छ । त्यसकारण चाडपर्व मनाइरहँदा जीउधन र भौतिक पूर्वाधारको सुरक्षामा पनि ध्यान दिन सम्पूर्ण महानगरवासीलाई अनुरोध गर्दछु ।