जिटिएमा लालिगुँरास नाइट सम्पन्न ।

0
3097

राजु थापा, क्यानडा ।

लालिगुँरास स्पोर्टस् एण्ड कल्चरल क्लव क्यानडाले जिटिएमा सातौ नर्थ अमेरिकन भलिवल प्रतियोगिता तथा कल्चरल नाइट सम्पन्न गरेको छ ।

अमेरिका तथा क्यानडाका ७ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा अमेरिकाको रोच्चेस्टर भलिवल टिम प्रथम भएको छ। प्रथम हुने टिमले नगद २००० क्यानेडियन डलर सहित सिल्ड हात पार्न सफल भएको छ । अन्य सहभागि टिम तथा खेलाडिहरूलार्इ एनअरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, लालिगुँरास क्लवका अध्यक्ष उत्तम श्रेष्ठ लगायत प्रायोजकहरूले सिल्ड, नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा माल्टन मिसिसागा क्षेत्रका प्रबिन्सियल सांसद दिपक आनन्दले कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा प्रोविन्सियल पार्लियामेन्टको तर्फबाट क्लवलार्इ बधार्इ तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए । साथै उनले नेपाली समूदायको हरेक कृयाकलाप, बिकाश तथा बिस्तारमा सधै आफ्नो साथ र सहयोग रहने बताएका छन् ।

आर्इतवार साझ भएको कल्चरल नार्इटमा चर्चित सुपरहिट पप गायक संजिव प्रधानले प्रस्तुत गरेका आफ्ना हिट गितहरूले दर्शकहरूलार्इ तताउनुका साथै बृहत मनोरन्जन दिएको थियो । नेपाली गायन क्षेत्रमा एक जमानाका सुपर हिट रहेका संजिव सदाबहार गायकको रुपमा प्रस्तुति गरिरहेका  छन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका संजिव प्रधानको यो क्यानडामा चौथो प्रस्तुति हो ।

कार्यक्रममा चर्चित लोकदोहोरि गायिका देवीका केसिले तिजको लागि क्यानडाबाट रिलिज गर्न लागेको नयाँ गित प्रस्तुत गरेकि थिर्इन । त्यसैगरि कार्यक्रममा गायक आशिर्वाद सुवेदि, नब बाल गायक अभिक शर्मा लगायत अन्य स्थानिय कलाकारले आफ्ना रोमान्चक प्रस्तुति गरेका थिए । कार्यक्रममा रोसन केसीको रोमान्चक नृत्य प्रस्तुति रहेको थियो ।

क्लबले प्रत्येक बर्ष नर्थ अमेरिकन भलिवल प्रतियोगिता तथा कल्चरल नार्इट लगाएत बिभिन्न कार्यक्रमहरू मार्फत नेपाली समुदायका सदस्यहरु बिच भेटघाट, अन्तरकृया, मनोरन्जन, खेलकुद लगायतका गतिविधिहरूको आयोजना मार्फत समुदायको सामाजिक बिकासमा उल्लेख्य भुमिका निर्वाह गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here