टिपरको ठक्करबाट दुईको मृत्यु

0
709

धादिङ, कात्तिक १० । जुंगेखोलाबाट काठमाडौँ जाँदै गरेको बा२ख ७१८२ नं को टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आज दुईजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नं को मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा काठमाडाँै बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here