तश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

0
362

काठमाडौं, श्रावण ५ । तेस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । मंगलबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको आयोगले बताएको छ । २ नम्बर प्रदेशका १२७ स्थानीय तहको निर्वाचन गराउन आयोगको असमतिका बीच सरकारले स्थानीय तहको निर्वाचन सारेको थियो ।

सरकारले असार १ मा सारेको निर्वाचन सम्पन्न गर्नका लागि भदौं २१ गते उमेदवारी दर्ता र २४ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी मतदान असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने आयोगले उल्लेख गरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेको छ ।
निर्वाचन आयोगद्वारा सार्वजनिक कार्यतालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here