दशैंका लागि खसीबोकाको मूल्य निर्धारण

0
337

काठमाडौँ, असोज ५ । दशैँका लागि नेपाल खाद्य संस्थानले खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले बोका प्रतिकिलो रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ प्रतिकिलो गरी मूल्य निर्धारण गर्दै बिहिबारदेखि बिक्री वितरण गरिरहेको छ ।

संस्थानले दशैँमा मासुको मूल्यलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा भित्र्याउने गर्दछ । मुस्ताङबाट ५०० च्याङ्ग्रा आइसकेकाले त्यसको बिक्री गरिने जानकारी दिँदै संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अरु ५०० च्याङ्ग्रा पनि आउने क्रममा रहेको बताएका छन् ।

दाङ र हेटौँडाबाट एकहजार ५०० खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका र २०० खसी काठमाडौँमा आइसकेका छन् । यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी गराए ।

दशै नजिकिएसँगै काठमाडौंका विभिन्न गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here