दाङमा करेन्ट लागि एकको मृत्यु

0
371

दाङ, असोज ३० । दाङको शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

चौधरीको आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here