दीप प्रज्वलन गरी मनाइयो महिला संघको ७० औं स्थापना दिवश

0
498

नेपाल महिला संघको ७० औं स्थापना दिवसको अवसरमा मंगलादेवी सिंहको मुर्तिमा माल्यार्पण गरी दीप प्रज्वलन गरिएको छ ।

नेपाल महिला संघ केन्द्रिय समिति द्वारा आयोजित कार्यक्रम माहालक्ष्मी उपाध्यायको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरि सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै महिलाको हक अधिकार नारामा मात्र सिमित नभई कार्यान्वयन गरिनुपर्नेमा उपाध्यायले जोड दिइन् । बाँकी दुई निर्वाचनमा महिलाको उपस्थिति ५० प्रतिशत पुर्याउनुपर्ने बताउँदै सक्षम महिलाहरु एक जुट भएर अगाडि बढ्न आग्रह गरिन् ।

महिला संघको केन्द्रिय कार्यालय धुम्वाराहीमा आयोजित उक्त कार्यक्रममा नेपाल महिला संघकी माहासचिब धना खतिवडाले हाल सम्पन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता उल्लेखनीय रहेको बताउँदै स्वविवेकका साथ प्रतिनीधि चुनिएका महिलाले काम गर्नु पर्ने बताएकी छिन् । सो कार्यक्रमा नेपाल महिला संघका पदाधिकारी एवं महिला संघमा आवद्ध नेतृहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here