दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवार चयन

0
1269

इटहरी, २८ जेठ । नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम आसन्न स्थानीय तहको निर्वाचनका लागि टुङ्गो लगाएको छ । ३ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनबाट काँग्रेस दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणा गर्दै नामावलीको टुङ्गो लगाएको हो ।

दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर रौनियार तथा उपप्रमुखमा कल्पना कार्कीलाई पार्टीले आधिकारीक उम्मेदवार बनाएको क्षेत्रीय समितिका सचिव ओम थापाले जानकारी गराएका छन् । नेपाली कांग्रेस दुहवी नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका वडा अध्यक्षका उम्मेदवारको नामावली क्रमशः मोहम्मद जलिल रैन, अरविन्दकुमार विश्वास, माधव चौधरी, मोहम्मद मुस्तकिम मियाँ, श्याम दाहाल, अभिराम मण्डल, श्रीप्रसाद चौधरी, तारिकचन्द सरदार, मेहदी हुसैन, तुलाराम माझी, अशोककुमार माझी र भुनेश्वरप्रसाद मण्डल रहेका छन् ।

साविक दुहवी, सोनापुर, भलुवा, पूर्वकुशाह र सिमरिया लगायतका गाविस समावेश भई बनेको दुहवी नगरपालिकाको १२ वटा वडामा ३० हजार ३५६ जना मतदाता रहेको नेपाली काँग्रेसका क्रियाशील नेता दीपक राईले जानकारी गराएका छन् । सो अवसरमा काँग्रेस नेता हाँजी मोहम्मद अब्दुल मियाँ र पार्टीका नगर सचिव हरि प्रधानले पार्टी उम्मेदवारलाई विजयी गराउनु सबै नेता कार्यकर्ता सामदाम दण्डभेद सहित लागि सबै उम्मेदवारलाई विजय गराउने साझा दायित्व भएको प्रष्ट्याएका थिए ।

मेयर उम्मेदवार गौरीशङ्कर रौनियारले दुहवीमा नेपाली काँग्रेसको जितसँगै विकास निर्माण र अत्यन्त आवश्यक रहे बमोजिम महत्वपूर्ण कार्य सम्पादनमा अग्रगति लिइने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । काँग्रेसका दुहवी नगरसभापति गुलावी मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपा (माआवादी केन्द्र)ले पनि दुहवी नगरपालिकाको प्रमुखमा अर्थलाल चौधरी र उपप्रमुखमा रोजिना विक खातुनको नाम घोषणा गरिसकेको छ । नेकपा (माआवादी केन्द्र)ले पनि सबै वडाका वडा अध्यक्षसहित अन्य उम्मेदवारको नाम सार्वजनिक गरेको जनाएको छ । सो नगरपालिकामा सबै दलका उम्मेदवार, नेता कार्यकर्ता चुनावी चहल पहल सभा जुलुस तथा घर दैलोमा व्यस्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here