देबीकाको नयाँ तिजको गित क्यानडा बाट सार्वजनिक

0
3316

राजु थापा, क्यानडा ।

राष्ट्रिय लोक  तथा दोहोरी गायीका देविका केसिको  “रातो सारी लरक्कै लर्कियो, क्यानडामै नचायो यो तिजको गितैले” भन्ने बोलको नयाँ तिज गित कोसेली स्वरुप क्यानडा बाट म्यूजिक नेपालको ब्यानरमा सार्वजनिक भएको छ । हिन्दू महिलाहरुको महान पर्व तीज नजिकिए संगै तीजको गीतले बजार लिएको छ ।

जिवन बिसिको शब्द रचना साथै देबिका केसीको आवाज अनि कतार बाट रित कुमार श्रेष्ठको आवाज रहेको उक्त गित क्यानडामा छायाँकंन गरिएको छ भने रोशन केसि, आस्था अधिकारी, बाबु गौतम एवं रूपा गौतमले नृत्य गरेका छन् ।

गितको कोरियोग्राफि रोशन केसि, छायांकन राजु थापा, गोकर्ण लामिछाने र दृष्य सम्पादन र्इश्वर थापाको रहेको छ । श्रृगांर   सौजन्यमा बेलायत बाट आएका मिचेल तिरवाले गरेका छन् । यसै क्रममा गित रिलिज हुनु सम्म प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा देवीका केसीले आभार प्रकट गरेकी छिन् ।

दर्जन भन्दा बढि तिजका गित बजारमा ल्यार्इसकेकि देबीकाको पहिलो पटक क्यानडा बाट रिलिज भएको नयाँ तिजको गितले धेरै देशमा बसेर तिज मनाउने हिन्दु महिलाहरूको लागि समेत प्रतिनिधित्व हुने गरेर शब्द प्रयोग गरेको पार्इन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here