दोस्रो खेलमा सन्दिप फेरी चम्के

मेलवर्नको भने दोस्रो हार

0
412

नेपाली युवा स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यासको आफ्नो दोस्रो खेलमा होबर्ट हुरिकेनसँग साघुँंरो अन्त्रे पराजित बेहोरेको छ । तर ब्यक्तीगत रुपमा भने नेपाली बलर सन्दिपले दोस्रो खेलमा पनि पुरै ओभर बलिङ गर्दै महत्वपुर्ण तिन विकेट लिएका छन । सन्दिपले होर्वाटका ओपनर म्याथ्यु वेट ,एलेक्स डुलन र बेन म्याकडोरमटको विकेट लिएका थिए । सन्दिपले चार ओभरमा २४ रन खर्चेर किफायती बलिङ गर्दै टिमलाई अगाढि बढाएका थिए ।
खेलमा सम्मानजनक स्कोर बनाउन नसकेको मेलवर्न स्टार्सले खेलको अन्ततिर दबाब सृजना गरेपनि दोस्रो खेलमा जित निकाल्न सकेन । अन्तिम अन्तिम तिर मेलवर्नका अन्य बलरहरु मंहगा साबित भए । ड्वाइने ब्राभोले तिन ओभरमा विना विकेट ३८ रन खाएका थिए भने स्कट बोल्यान्डले दुइ ओभरमा २३ रन खर्चेका थिए ।

यसअघि आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरूद्ध हार व्यहोरेको मेलबर्न स्टार्स जितको खोजीमा रहेपनि ब्याट्सम्यानहरु चल्न नसक्दा दोस्रो खेलमा पनि पराजयको सामना गर्नु परेको हो । लगातार दुई खेलमा उत्कृष्ट बलिङ प्रर्दशन गरेपनि टिमले जित निकाल्न नसक्दा सन्दिपको बलिङको भने चर्चा चुलिएको छ ।
पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न तालिकाको पुछारमा छ ।
यसअघि आफ्नो डेब्यू खेलको डेब्यू ओभरमै दुई विकेट लिएका लेगस्पीनर सन्दीपले यसअघि ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेका थिए।
सन्दीपले पहिलो ओभरमा किफायती बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका थिए। सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा तथा अन्तिम बलमा म्याकुलम फेर्गुसनलाई आउट गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here