चिकित्सा शिक्षासम्बन्धी विधेयक बहुमतका आधारमा पारित

0
308

काठमाडौं पुष २५ । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ ।

आज बसेको समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित भए पनि नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत व्यक्त गरेका छन् ।

उक्त विधेयकमा डा. गोविन्द केसीले उठाएका सम्पूर्ण विषयलाई नसमेटिएका कारण कांग्रेसका सांसदले फरक मत व्यक्त गरेका हुन् ।

तर सरकार पक्षीय सांसदहरुले भने डा.केसीका माग सम्बोधन भएको दाबी गरेका छन् । डा. केसी सरकारले आफूसँग गरेको सम्झौता उल्लंघन गरे अनशन बस्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here