नयाको बार्षिकोत्सव सम्पन्न

0
115

नेपाल अस्ट्रेलियन युथ एशोसिएसन(नया)को पाँंचौ बािर्षकोत्सव स्थानिय एसफील्ड पार्कमा धुमधामका साथ मनाइएको छ । संस्थाले बर्षभरी गरेका सामाजिक काम कारबाहीको फेरिहस्त र सहयोगी संघ संस्थाहरुको भुमिका सहितको भेटघाट कार्यक्रममा सहभागीहरुले नयाको आगामी कार्यकाल उपलब्धी मुलक रहने बिश्वास ब्यक्त गरे ।
आगामी दिनमा यसले परोपकारी कार्यमा थप कार्यक्रमहरु अगाडि बढाउने चर्चा गर्दैै सहभागिहरुले नयाको उत्तरोत्तर प्रगतीको कामना गरे ।
कार्यक्रममा बोल्दै एनआरएन आइसीसी सदस्य दिनेश जोशीले नयाले अस्ट्रेलियामा छरिएर रहेका युवाहरुलाई समेटेर सफल नेतृत्व दिन सकेकोमा बधाइ दिदै आगामी दिनमा यसले युवा वर्गलाई हौसला प्रदान गर्न थप योजना अगाडि बढाउने बिश्वास ब्यक्त गरे । आइसीसी सदस्य जोशीले अगाडि भने , प्रवासमा रहेर नेपाली युवाहरुले खेलुकद तथा समाजिक कार्यमार्फत आफुलाई चिनाउने काम गर्नु निकै महत्वपुर्ण बिषय हो ,यसैले पनि नया सबैको धन्यबादको पात्र बनेको छ ।
कार्यक्रममा एनआरएनका सचिब देब गुरुङले नयाको सफलताको कामना गरे भने पुर्व एनआरएन अ‍ोसेनिया संयोजक महेन्द्र लम्सालले युवा वर्गलाई समेटेर अगाडि बढेको यस संस्थाले नेपाली समाजका युवावर्गलाई शसक्तीकरण अभियान थालेकोमा खुसी ब्यक्त गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नयाले स्थापना देखि निकै महत्वपुर्ण कार्य गर्दै आएको र अस्ट्रेलियामा बिशेष पहिचान कायम गरेको बताउदै आफुहरुले यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्ने बचनबद्धता प्रकट गरे । कार्यक्रममा नयाका अध्यक्ष प्रकाश खरेलले सीडनीमा छरिएर रहेका युवाहरुको सहभागितामा खुलेको यस संस्थाले आफुले सके र भ्याएसम्म परोपकारी कार्य गर्दै आएको बताए । खरेलले भने, नेपाली समाजको माया र सुझाब र सल्लाह आफुहरुको लागि महत्वपुर्ण भएको बताए । कार्यक्रममा प्रायोजककोतर्फवाट चिरन तिवारीले नयाको कार्यमा सहयोग गर्न पाउनु आफुहरुको लागि अवसरका रुपमा रहेको बताए । नयाका महासचिब प्रकाश अर्यालले कार्यक्रम सन्चालन गर्दै नयाको सोच अस्ट्रेलियामा छरिएर रहेको युवा वर्गलाई एकैस्थानमा समेटर खेलुकद तथा परोपकारको माध्यमवाट आपसी भाइचारा अभिबृद्धी गर्नुका साथै सहयोग आदान प्रदान गर्नु भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here