नामावली हेर्न पाउने क्रियाशील सदस्यको नैसर्गिक अधिकार हो : सभापति बराल

उज्ज्वल बराल
सिन्धुली जिल्ला सभापति, नेपाली कांग्रेस

नेविसंघबाट राजनीतिमा खिरिएका युवा नेता हुन् उज्ज्वल बराल । बराल नृेपाली कांग्रेस सिन्धुलीका सभापति पनि हुन् । पदभन्दा जनताको सेवामा सधैं दत्तचित्त भएर लाग्ने उनी सालिन नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । सिन्धुलीमा उनले नेपाली कांग्रेसबाट दुईपटक सांसद्को टिकट पाइसकेका छन् । नेपाली कांग्रेसको १४ औं मधिवेशनलाई कसरी धाँधलीरहित ढंगले समयमै सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सभापति बरालसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको वडा अधिवेशन भदौ १८ बाट सुरु हुन्छ ?
आगामी भदौ १८ गतेबाट अधिवेशन सुरु छ । त्यसमा कुनै दुविधा छैन । नहुनुपर्ने त्यस्तो कुनै कारणम देखिँदैन । म चाहीं १८ गतेबाट हुन्छ भन्नेमा ढुक्क छु ।

केन्द्रीय कार्यालयमा त धर्ना बसिरहेका छन्, तपाईंको जिल्लामा सदस्य विवाद छैन ?
हाम्रो जिल्लामा विवाद छैन । यहाँ हामीले टुंग्याएर पठाएकोमा विवाद छैन । अब माथिबाट के के गरिएको छ, त्यो हेर्न पाइएको छैन ।

पार्टी केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना छ, कसरी अधिवेशन सुरु हुन्छ ?
क्रियाशील सदस्यता वडा, क्षेत्र, जिल्लाबाट क्लियर भएर जानुपर्नेमा केन्द्रबाट सोभैm दिने काम गरिएकाले अहिले धर्ना भइराखेको छ । किनभने मतदाताले आफ्नो मतदाता नामावली हेर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।

जुनसुकै सदस्यले पनि म मतदाता छु कि छुइन भनेर हेर्न त पाउनुप¥यो नि । त्यो नभएर केन्द्रले तिमीहरु जिल्ला जाऊ अहिले हामी नाम सार्वजनिक गर्दैनौं । जिल्लामा खामबन्दी पठाउँछौं भनेरको भरले कसले मान्छ । आफ्नो मतदाता सुचिमा नाम छ कि छैन भनेर त हेर्न पाउनुप¥यो नि ।

केही बिग्रिएको भए सच्याउन पाउनुप¥यो । जिल्लाले पठाएको नाम कसैले टाइप गर्दा छुट्यो कि अथवा आफरमै हराइदियो कि भनेर त हेर्न पाउनुप¥यो नि । त्यसैले अहिलेको प्रविधिको सुविधा अनुसार सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यो नामावली सार्वजनिक नगरिएका कारण हाम्रा साथीहरु धर्ना बस्नुभएको छ ।

कति जिल्लाका साथीहरु धर्नामा संलग्न हुनुहुन्छ ?
धर्ना बस्नेमा यो जिल्ला, ऊ जिल्ला भन्ने छैन । त्यो माग देशैभरिका साथीहरुको हो । सबैले हाम्रो नाम हेर्न पाउनुपर्छ भनेका छन् । यो सबैको जाहेज माग हो ।  आपूmले सदस्यता पाऊँ भनेर आवेदन गरेको ठाउँमा मेरो नाम पास भयो कि भएन भनेर हेर्न पाउने त उसको नैसर्गिक अधिकारै हो नि ।

केन्द्रले खामबन्दी गरेर जिल्लाजिल्ला पठाउने भनेकै रहेछ, पहिला नै किन हेर्नुप¥यो त ?
जसरी अहिले केन्द्रले मतदाता नामावली खामबन्दी गरेर एकैचोटी जिल्ला जिल्ला पठाउने भनेको छ । त्यसलाई सार्वजनिकण गरियोस् भनेको किन हो भने अहिले पार्टी केन्द्रीय कार्यालयले प्रविधिको प्रयोग गरेको छ । त्यो प्रविधिको उपयोग गरेर सार्वजनिक गरिदियोस् भन्ने हाम्रो माग हो ।

खामबन्दी पठाउँदा चाहीं तपाईंहरुलाई के आपत्ति भयो त ?
हाम्रो मूल माग भनेको वडा, क्षेत्र, प्रदश र जिल्लाबाट छनोट गरेर पठाएका मान्छेको सही नाम आयो कि आएन । यदि आएन भने के कारणले आएन ? कम्प्युटर टाइप मिस्टेक भएर हो कि नियतले हो ? कम्प्युटर टाइप मिस्टेक भएर फरक परेको हो भने सच्याउन पाउनुप¥यो । आउने मान्छे सम्बन्धित वडा, गाउँको हो कि होइन ? त्यो थाहा पाउनुप¥यो भन्ने हो । यसमा कसैको आपत्ति भन्ने नै हुँदैन । आफ्नो नामावली सही ढंगले आयो कि आएन । म मतदाता भएँ कि भइँन भनेर थाहा पाउने क्रियाशील सदस्यता लिनचाहने सबैको अधिकार हुन्छ । उनीहरुलाई त्यो अधिकारबाट बञ्चित गर्न पाइँदैन भन्ने पार्टी केन्द्रीय कार्यालयसँग हाम्रो माग हो ।

वडाहुँदै जिल्लाबाट आएका नाम केन्द्रले कटाएका कारण विवाद भएको हो ?
हामीले जिल्ला सभापतिसँग बसेर छलफल गर्दा केन्द्र जिल्लाबाट पास भएर आएका नामहरु मनमौजी ढंगले कटाएको देखियो । त्यसमा धेरै जिल्लाका महत्वपूर्ण साथीहरुको नाम छुटेको पाइयो । त्यसरी वडा, क्षेत्रहुँदै जिल्लाबाट निर्विवाद पास भएर आएका नामहरु केन्द्रमा सुझबुझबिना किन काटियो भन्ने हाम्रो प्रश्न हो ।

यसलाई हेर्दा त नेतृत्व अधिवेशन गर्न चाहँदै भन्ने देखियो नि ?
जसरी नेतृत्वले विवाद समाधान छानविन समिति बनायो, त्यो नै विधान विपरीत थियो । त्यसरी विवाद आउँदा जिल्लामै सभापतिको नेतृत्वमा उजुरी समिति बनाउने विधानमा व्यवस्था छ । केन्द्रमा पनि सभापतिकै नेतृत्वमा महामन्त्रीलगायत पदाधिकारीहरुको समिति बनाउने व्यवस्था विधानमा थियो । यी विधानमा भएका व्यवस्थालाई मिचेर जसरी अहिले केन्द्रले विवाद समाधान समिति बनायो । त्यो नै धाँधली गर्नका लागि बनाएको रहेछ भन्ने हामीलाई लागेको छ ।

वडा र जिल्लाको सिफारिसबिना केन्द्रले के आधारमा सदस्यता बाँडेको छ त ?
अहिले केन्द्रले राप्रपा, अखण्ड नेपाल अथा अर्को कुनै पार्टीबाट प्रवेशीको नाममा मनोमानी ढंगले नाम थप्ने झिक्ने गरिरहेको छ । उनीहरुको लागि लिष्टै बनाएर केन्द्रले एकलौटी ढंगले हालेको देखियो । त्यसमा सम्बन्धित वडा, क्षेत्र, प्रदेश सभापतिको सिफारिस छैन ।

जिल्ला सपभातिको त कुरै छोडौं । त्यसैले हाम्रो माग भनेको त्यस्ता नामहरु सिफारिस गर्नुहुँदैन । गर्ने नै हो भने वडा सभापतिहरुको सिफारिस चाहिन्छ भनको हो । त्यो नभएर छानविन समितिले सोभैm ‘तिमी नाम लिष्ट बनाएर ल्याऊ हामी टाइप गरेर पास गर्छौं,’ भन्ने सम्मको प्रमाण पाइयो ।

यसरी सम्बन्धित व्यक्तिको वडा, क्षेत्र, प्रदेश र जिल्लालाई बाहेस गरेर केन्द्रले सोझै नाम नाइप गरेर पठाउनुभएन । यसरी विभिन्न पार्टीबाट प्रवेशीको नाममा मान्छे हालेर केन्द्रले सरासर धाँधली गरेको छ ।

अब केन्द्रले सोभैm समावेश गरेको नाम तपाईंहरु लागि मान्य हुँदैन त ?
त्यस्तो क्रियाकलाप हामीलाई मान्य छैन । जुनसुकै नेपालीले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिने भए उहाँको घर कुनै जिल्लाको, कुन पालिका र वडामा छ । त्यहाँबाट सिफारिस भएर आउनुपर्छ । अत्यथा उहाँको सदस्यता हामीलाई मान्य छैन ।

जिल्ला सभापतिहरुको धर्नाले आगामी १८ गतेको अधिवेशन प्रभावित हुँदैन ?
भदौ १८ गतेको अधिवेशनको लागि अभैm पनि ७, ८ दिन समय छ । अभैm सदस्यता छिटोभन्दा छिटो सार्वजनिक गरेर जिल्ला पठाउने हो भने अधिवेशन हुन्छ । त्यसको लागि नेतृत्वसँग मेरो आग्रह छ, ‘सदस्यता छिटो सार्वजनिक गरिदिनुहोस् ।’

यदि नेतृत्वको बुद्धि पुग्छ भने प्रविधिको जमानामा वेयब साइड ओपेन छ, सबैले आफ्ना नाम हेर्नुहोस् । ७७ वटै जिल्लाका साथीहरुले हेर्न सक्नुहुन्छ । त्यसमा तपाईंहरुको केही बिग्रिएको छ भने सच्याउन पाउनुहुन्छ’ । सबै जिल्ला सभापतिले हेर्नुहोस् अनि आफ्ना क्षत्र वडालाई जानकारी गराउनुहोस् भन्ने हो हुन्छ । हामीकोमा पनि प्रविधिको सुविधा छ ।

त्यसैअनुसार जानकारी गराउँछांै । त्यसरी सबै जिल्लाको नामावली ओपेन भएदेखि हामी सबै वडाको नामावली प्रिन्ट गरेर पडठाउन पाउँछौं । यसरी केन्द्रले उदारता देखाउन सक्नुप¥यो । त्यो भयो भने हाम्रो जस्तो विवाद नभएका जिल्लाहरुमा १५ गते नामावली फाइनल भएर ओपेन भएपनि १८ गते वडा अधिवेशन गर्न सकिन्छ । म चाहीं तयार छु ।

विवादरहित जिल्लामा सुरु गर्दा भइगयो नि किन आशंका ?
हाम्रो जिल्लामा खासै समस्या छैन, गर्न सकिन्छ । तर, हेर्नुपर्ने आशंका केन्द्रले नै उब्जायो । त्यसकारण हामीले शंका गरेका हौं । नत्रभने सिन्धुली जिल्लामा हामीमा दुविदा छैन । केन्द्रको क्रियाकलापले कसैको नाम तलमाथि भयो कि भन्ने आशंका उब्जाएको मात्रै हो । हामीले यसरी केन्द्रलाई शंकाको घेरामा किन राख्यौं भन्दा अरु धेरै जिल्लामा धाँधली भएको छ ।

अरु सभापतिहरु धर्नामा हुनुहुन्छ तपाईं त जिल्लातिर लाग्नुभयो नि ?
मेरो जिल्लामा बैठक पनि थियो । म आउँदा विवाद समाधान होला जस्तो लागेको थियो । साथीहरुलाई पनि ‘मेरो जिल्लामा मिटिङ छ, तपाईंहरुले पनि धर्ना खासै बस्नुपर्दैन होला’ भन्ने लागेको थियो त्यसैले म जिल्लातिर हिँडेको हुँ । त्यसको निवारण भएन साथीहरु धर्ना बस्नुभएको छ । त्यसमा मेरो पूर्ण रुपमा समर्थन छ ।

केन्द्रले सबैले हेर्न सक्नेगरी नामावली सार्वजनिक नगर्दासम्म धर्ना रोकिँदैन ?
यदि ७७ जिल्लाको सबैले आफ्नो नाम हेर्न पाउने गरी सार्वजनिक भएन भने धर्ना कार्यक्रम निरन्तर हुन्छ । त्यसमा थपिन म पनि आउँछु ।

अब तपाईंको पार्टी राजनीतिक यात्रा प्रदेश कि केन्द्र ?
त्यसको बारेमा जिल्लाका साथीहरुसँग पनि छलफलमा छु । उहाँहरुले मेरो आवश्यकता के हो ? मैले गरेको नेतृत्व सही छ कि छैन । मेरो कार्यकालमा काम गर्न सकेँ कि सकिन । त्यसको मूल्यांकन साथीहरुले नै गर्ने हो ।

त्यसलाई हेरेर जिल्लामा मेरो आवश्यकता छ कि छैन, त्यसैगरी केन्द्रका नेताहरुले पनि मेरो आवश्यकता केन्द्रमा छ कि छैन । त्यो उहाँहरुले मूल्यांकन गर्ने हो । त्यसको लागि पहिला जिल्लाका साथीहरुसँग सरसल्लाह गर्छु । त्यसपछि केन्द्रका नेताहरुसँग पनि सल्लाह गर्छु ।

जिल्लाका साथीहरुसँग म फेरि प्रदेश अथवा केन्द्रतिर जाऊ कि जिल्लामै बसौं भनेर सल्लाह गर्छु । उहाँहरुको सल्लाह बिना म आफ्नो पदको निर्धारण गर्दिनँ । साथीहरुले यतै बस्नुपर्छ भने एकपटक जिल्ला सभापतिमै बस्छु । होइन, अब तपाईं प्रदेश, केन्द्रतिर लाग्नुपर्छ भने त्यसैअनुसार लाग्ने छु ।

त्यसोभए तपाईं फेरि जिल्लासभापति दोहो¥याउने तयारीमा हो ?
त्यसको फैसला गर्ने जिम्मा मैले साथीहरुलाई दिएको छु । हिजो म सभापति पनि उहाँहरुकै सल्लाह, सुझाव र सहयोगमा भएको हुँ । आज पनि उहाँहरुकै सल्लाह, सुझाव र सहयोगमा निर्भर छु । मैले अगाडि पनि भनेको छु । मैले अहिलेसम्म मलाई यो पद चाहिन्छ ।

त्यसमा तपाईंले छोड्नुपर्छ भनेको छैन । भोलि पनि त्यो भनेर साथीहरुलाई बाहेस गर्दिन । पार्टीका साथीहरुको राय, सल्लाह अनुसार नै अगाडि बढ्छु । साथीहरुले तेरो आवश्यक छ जिल्ला सभापतिमै बस्नुपर्छ भने पछि हट्दिँन । राजनीतिमा सिद्धान्त, निष्ठ, त्याग र साथीभाइ ठूलो कुरा हो ।