निर्वाचनमा अन्तर्घात गर्ने एमालेका ६२ जना कारबाहीमा

0
1601

कपिलवस्तु, १४ भदौ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा (एमाले) कपिलवस्तुले जिल्ला नेतादेखि साधारण सदस्य गरी ६२ जनालाई कारबाही गरेको छ ।

कारबाहीमा परेकाहरु केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ । जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ भने बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन नै गरिएको छ । त्यस्तै गरी रामबहादुर गन्धर्वलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ । यसैगरी, १५ जनालाई पार्टीबाट निष्काशन समेत गरिएको पार्टी सचिव बाबुराम आचार्यले जानकारी दिए ।

जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए । बैठकले आगामी माघसम्मको कार्ययोजना समेत तय गरेको छ र जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here