नुवाकोटको क्रिकेट संघमा पाठक चयन

0
655

नुवाकोट, कात्तिक १० । नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले सर्वसम्मत रुपमा दुर्गाराज पाठकलाई अध्यक्षमा चयन गरेको छ ।

बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेतृत्वसँगै यसअघि दुई समिति रहेको क्रिकेट संघ नुवाकोट एक बनेको छ । समितिको उपाध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा करण खतिवडा र कोषाध्यक्षमा पुनम श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा रामधन ढकाल, सुरज सिलवाल, विमला भट्ट, अनुजमान श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, राजेन्द्र पनेरु, प्रज्वल सापकोटा, राजेश रिमाल, रोक्सनमान दुवाल, विराटमानसिंह डंगोल र दीपेन्द्र प्याकुरेल छनोट भएको निर्वाचन मण्डलका संयोजक देवराज कँडेलले बताए । क्रिकेटको जिल्ला समितिमा सक्रियमध्येको नुवाकोट क्रिकेट संघ सबै भन्दा उत्कृष्ट रहँदै आएको छ ।

काठमाडौँ उपत्यकापछि खेल र प्रतियोगिता सञ्चालन हुने जिल्लाका आधारमा नुवाकोट क्रिकेटको सक्रियता उत्कृष्ट रहेको छ ।

नुवाकोटमा उत्पादन भएका खेलाडी राष्ट्रिय स्तरसम्म पहुँच पुर्याउन सकेपनि खेल मैदानको अभाव भएकाले त्यसको समाधानका लागि दुई वर्षभित्र राष्ट्रिय स्तरको मैदान निर्माण गर्ने नवनिर्वाचित अध्यक्ष पाठकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here