नेटबलकी सानी निर्णायक दीति

नेट बल अस्ट्रेलियाको लोकप्रीय खेलमध्यमा एक पर्दछ । यसको लोकप्रीयता बिस्तारै दक्षिण एशियाली राष्ट्रहरुमा पनि बढ्दैछ । नेपालमा यसको सुरुआत भएको केहि वर्ष भएता पनि केहि स्कुलहरुमा मात्र यो सिमित बन्न पुगेको छ । यतिबेला अस्ट्रेलियाको नेपाली समुदाय र नया पुस्तामा पनि नेट बलको लोकप्रीयता बढेको छ । सीड्नीको ग्लेनउडमा रहेको ग्लेनउड नेटबल क्लबमा यतिखेर केहि नेपाली अनुहारहरु पनि यस खेलमा झुल्कीन थालेका छन । सानैदेखि स्कुलमा दिदी दिवा जोशीले नेटबल खेलेको देखेर बहिनी दीति जोशीपनि यस खेलमा आकर्षीत भएकी थिइन । पीता दिनेश जोशीसँंग सदैव दीदि दिवाको खेल र अम्पायरीङ हेर्ने क्रममा उनलाई पनि खेलुम खेलुम लाग्न थालेछ । तर सानै उमेरकी दीति यतिखेर खेलसँंगै नेटबलको अम्पायरीङमा पनि सघाउदै आएकी छिन । क्लबको हरेक विकेन्डमा हुने प्रतियोगिताहरुमा दीति यतिखेर रेफ्रीको भुमिका बढि रुचाइएकी छिन । सानै उमेरमा रेफ्री तालिम गरेकी दिति भबिष्यमा नेटबलको अम्पायरीङ पट्टी ध्यान दिने बताउछीन । आफुभन्दा निकै ठुला खेलाडीहरुको खेलमा समेत दीतिको अम्पायरीङ रुचाइएको छ । सानो उमेरमै अम्पायर बनेकी दीति पढाइसँंगै नेटबललाई पनि अगाडि बढाउने बताउछीन । आफु सानै भएपनि ठुलो प्रतियोगितामा समेत निर्णय सुनाउने काम चानचुने भने हुदैन । प्रतिस्पर्धामा लाइन, फल र प्राविधिक त्रुटीलाई नजिकवाट नियालेर निर्णय गर्नु कठिन कार्य हो तर पनि उनि हरेक निर्णयलाई सहजै सीट्ठी फुकेर खेललाई अनुशासनको दायरामा राख्ने कोशिस गर्छिन । ठुलो नेटबलकी सानी रेफ्री दीतिलाई खेल जिवनको शुभकामना