नेपालको आर्थिक विकासको प्रयासमा नर्वेको सहयोग गर्ने प्रतिबद्धता

0
1040

काठमाडौँ, असार २६ । नेपालको सामाजिक–आर्थिक विकासका लागि नर्वेले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नर्वेका राजदूत चेल तोरमोड पिटर्सेनले सभामुख ओनसरी घर्तीसँगको भेटमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपालमा लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयनका क्रममा दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचन, नेपाल–नर्वे पारस्परिक सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको राजदूत पिटर्सेनले बताए ।

नेपाल र नर्वेबीच संसदीय प्रतिनिधिको आदानप्रदानबारे पनि आफूहरूबीच छलफल भएको भन्दै राजदूत पिटर्सेनले आगामी सेप्टेम्बरमा नर्वेमा हुने संसदीय निर्वाचनमा नेपाली राजनीतिक प्रतिनिधिमण्डललाई आमन्त्रण गर्न चाहेको कुरा सभामुखलाई जानकारी गराएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here