नेपाली कांग्रेसद्वारा देउवा र लेखकलाई लक्षित बम को भत्सर्ना

0
792

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री एवं डडेल्धुरा जिल्ला प्रतिनिधि सभाका उम्मेदवार शेरबहादुर देउवा बसेको धनगढीस्थित होटल नजिक बम राखेको र नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं कंचनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकको बेदकोट नगरपालिका भाँसीस्थित घरको कम्पाउण्डमा हिजो भएको बम विस्फोट घटनाको नेपाली कांग्रेस केन्द्रिय कार्यालयले विज्ञप्ति प्रकाशित गरि निन्दा गरेको छ ।

नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो जनलहरबाट अत्तालिएर दिनाप्रतिदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी बम आक्रमण र विस्फोटका घटना गराइएको भन्दै निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासमा आतंक र भयको स्थिति सिर्जना गरेर जनमतलाई आफ्नो पक्षमा पार्ने दुस्प्रयास अधिनायकवादी चरित्र भएको दाबी गरिएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेकाहरुको सुनियोजित षडयन्त्रबाट कति पनि विचलित नहुन नेपाली कांग्रेस आम मतदातामा हार्दिक अपील गर्दछ । ’ यस्ता अपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडाभन्दा कडा कारवाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

त्यसैगरि नेपाली कांग्रेस कञ्चनपुरले पनि विज्ञप्ति प्रकाशित गरि घटनाको घोर निन्दा गर्दै दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ भने कत्ति पनि बिचलित नहुन मतदातालाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here