नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल ” को प्रिमियर शो न्यूयोर्कमा

0
1470

राजु थापा, नर्थ अमेरिका ।

११ सेप्टेम्बर, २०१८

बिदेशमा बस्ने नेपालीहरूको कथामा आधारित नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” न्यूयोर्क बाट शुभारम्भ भएको छ । चलचित्रमा अमेरिकामा बस्ने नेपालीहरूले भोगेका बास्तबिक गतिबिधिहरूलार्इ कथामा समेटेर  बनार्इएको छ । अमेरिका लगायत बिदेशमा बस्ने नेपालीहरूको बास्तबिकतामा आधारित भएकोले न्यूयोर्कमा भएको पहिलो प्रिमियर शो मा दर्शकहरूले चलचित्र प्रति सन्तुष्ट भै उत्कृष्ठ भएको प्रतिकृया दिएका छन् । यस चलचित्रमा प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूको अभिनय रहेको छ । सेप्टेम्बर ९ तारिख आईतबार एक समारोह पश्चात आयोजना गरिएको प्रिमियर शो मा न्यूयार्कमा बस्ने नेपालीहरुको खचाखच उपस्थिति रहेको थियो ।

एक समय बिषालु, हाउडे लगायत नेपाली चलचित्रमा नायकको भूमिका निभाएका क्यानडा निवासी ईश्वर  थापाले यस चलचित्रमा निर्देशन गरेका छन् ।

चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । संगीत ओम कर्माचार्य र बाबु बोगटीको छ । त्यसैगरी, गायक जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरूंग, सविता स्रेष्ठ र मिलन अमात्यको स्वर रहेकोछ । डाईरेक्टर अफ सिनेमाटो ग्राफिमा शम्भु मोक्तान रहेका छन् ।

यो “अमेरिकन बाबु मेड इन नेपाल ” चलचित्र तिन महिना पछि नेपालमा प्रदर्शन गरिने बताइएको छ ।यसका साथसाथै ड्रिम्सगेटले निकट भबिष्यमा र्इश्वर थापाकै निर्देशनमा अर्को चलचित्र “बुलेटप्रुफ शेर्पा” छिट्टै निर्माण गर्ने घोषणा समेत गरेको छ । बिदेसमा बसेर पनि नेपाली फ़िल्मी क्षेत्रको बिकाशमा नेपालीहरु लागिपरेकोले यस्तो पहलमा नेपाल सरकारले पनि बिशेष ध्यान दिई प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here