नेपाली डाक्टरले खोले मेरिल्यान्ड्समा मेडिकल सेन्टर

0
6323

अस्ट्रेलियामा रहेको नेपाली चिकित्सकको टोलीले सिड्नीको मेरिल्यान्ड्समा रेल्वे टेरेस मेडिकल प्राक्टीस नामक आफ्नै निजी क्लीनिक सन्चालनमा ल्याएका छन ।
सिडनीमा रहेका नेपाली चिकित्सकहरु डा प्रबिण पाठक , डा सुरेन्द्र खनालको संयुक्त पहलमा आइतबार देखि नेपाली समाजको बाक्लो उपस्थीती रहेको मेरिल्यान्ड्स इलाकामा मेडिकल सेन्टर खोलिएको हो । सो क्लीनीकमा मानसिक रोग बिज्ञ डा घनश्याम चापाँगाइ ,बालरोग बिशेषज्ञ भुवन कडेंल र महिला रोगसम्वन्धी जानकार डाक्टर अन्जु पाण्डेले पनि सेवा प्रदान गर्ने कुरा मेडिकल सेन्टरले जनाएको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले सेन्टरको उदघाटन गर्दै नेपाली बिशेषज्ञताले बिश्वभर ख्याती पाउनु मुलुकका लागि गर्वको बिषय भएको बताइन । राजदुत शेर्पाले यससँंगै नेपाली चिकित्सकहरुले अस्ट्रेलियामा रहेका नेपाली बा आमा र बिध्यार्थीका बिषयमा पनि केहि सरल र सहज उपचारको पहल गरिदिए सुनमा सुगन्ध हुने बताइन ।कार्यक्रममा न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काले नेपाली चिकित्सकहरुको यो प्रयास बास्तबमै नेपाली समाजको लागि एउटा महत्वपुर्ण कदम भएको बताए ।

कार्यक्रममा नेपाली समाजकी अगुवा इन्द्रा वन,एनआरएनका अभियन्ता तथा बिभिन्न नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थीती रहेको थियो ।
नेपाली बिध्यार्थीहरुको लागि हामीले स्वास्थ बिमा मार्फतनै सेवा दिने सोच बनाएका छौ, क्लीनीक संचालक डा प्रबिण पाठकले बताए । हाल बिध्यार्थीहरुले स्वास्थ बिमा गराएप्नि कतिपय चिकित्सकीय चेक जाँंचमा भने केहि प्रतिशतले पैसा थप्नु पर्ने हुन्छ । तर यस मेडिकल सेन्टरले भने स्वास्थ बिमाको रकम भित्रै बिध्यार्थीलाई सहलियत उपचार दिने योजना अगाडि बढाएको डा पाठकले बताए ।
कतिपय अवस्थामा बिरामीले भाषागत समस्याका कारण आफ्ना बास्तबिक समस्या डाक्टरसँंग भन्न नसकिरहेको अवस्थामा नेपालीहरुको निकै बाक्लो उपस्थीती रहेको यो क्षेत्रमा यो नेपाली चिकित्सक सम्मीलित मेडिकल सेन्टरले निकै महत्वपुर्ण भुमिका खेल्ने चितवन समाजका पुर्व अध्यक्ष तथा समाजिक अभियन्ता बुद्धी डल्लाकोटीले बताए । यो साच्चीकै हाम्रा लागि गौरवको बिषय पनि हो , नेपालीपन र नेपाली भाषामा आफ्ना समस्या बताएर अस्ट्रेलियामा उपचार पाउनु चानचुने कुरा होइन, उदघाटनमा उपस्थीत आइसीसी सदस्य दिनेशराज जोशीले बताए । कार्यक्रममा एनआरएनका अभियन्ताहरु रन्जु थापा, दिनेश पोखरेल लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here