नेपाली राष्ट्यि तेक्वान्दो खेलाडी सम्मानित

0
1243

राजु थापा — टोरोन्टो, २६ नोभेम्बर । टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागि नेपाली राष्ट्यि तेक्वान्दो खेलाडीहरु यानकुमारी चौलागांई, ज्ञ्यानी चुनारा र रेजीना कार्कि लाई एनआरएन क्यानडा, लालीगुरास स्पोर्टस् क्लब तथा एनज्याकले प्रमाण पत्र तथा नगद तथा जिन्सि समान बाट सम्मान गरेको  छ । उक्त प्रतियोगितामा ५७ केजी मुनी तौल समूहमा नेपालकी यानकुमारी चौलागांईले क्यानडाकि खेलाडी लौजन लौरिनलाई २—६ को अन्तरले हराई स्वर्णपदक जितेकि थिईन् ।

शनिवार बिहान एभरेष्ट तेक्वान्दो एकेडेमीमा एनआरएन क्यानडाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा ‘युनीभर्सल युनाईटेड नेप्लिज तेक्वान्दो फेडरेशन’ (अन्टिएफ) का अध्यक्ष ग्राण्ड मास्टर्स राजकुमार राईले नेपाली खेलकुदको बिकाशमा एनआरएनको भूमिका महत्वपूर्ण हुने भएकोले यस कार्यक्रमले क्यानडामा रहेका नेपाली समुदाय तथा आम खेलकुद क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउनु भएको छ । कार्यक्रमका सभापति तथा एनआरएन क्यानडाका उपाध्यक्ष राजकुमार महतले क्यानडाको प्रतियोगितामा सहभागिभै तेक्वान्दो मार्फत स्वर्ण पदक हासिल गरि नेपालको नाम राख्न सफल भएकोमा र नेपाली राष्ट्यि खेलाडीहरुलाई सम्मान गर्न पाउदां एनआरएन क्यानडा हर्षित भएको जनाएका छन् । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता यानकुमारी चौलागांईले आफ्ना खेल जिवन, अनुभव र सम्मानको बारेमा केहि कुराहरु राखि यस कार्यक्रमले हामिलाई अझ हौसला प्राप्त भएको बताएकी छिन् । कार्यक्रममा उपस्थित अन्य संघ संथाका प्रतिनिधिहरु रमेश थापा, गिता दवाडीले पनि आफ्ना धारणा राखेका थिए ।

एनआरएन क्यानडाकि महिला संयोजक बिमला सापकोटाको स्वागत मन्तब्य बाट कार्यक्रमको शुभारम्भ गरिएको थियो भने कार्यक्रममा एनआरएनए उत्तर अमेरिका क्षेत्रीय सम्योजक गौरी जोशिले खेलाडीहरुलाई पठाएको शुभकामना सन्देश सनाउनुका साथै कार्यक्रम संचालन एनआरएन एनसिसि क्यानडाका महासचिव चिरन्जिबी घिमिरेले गरेका थिए । एनआरएन क्यानडाले आयोजना गरेको कार्यक्रममा हालै नेपालमा सम्पन्न ग्लोबल सम्मेलनको गतिबिधि लगायत एनआरएन क्यानडाको चुनावको बिषयमा परेको मुद्धा फिर्ता सम्बन्धि जानकारी समेत गरार्ईएको थियो ।

त्यसैगरि सांझ लालिगुरांस स्पोट्र्स क्लब तथा एनज्याकले पनि संयूक्त छुट्टै सम्मान कार्यक्रमको आयोजना गरेका थिए । लालिगुरांस स्पोट्र्स क्लबका तर्फ बाट उपाध्यक्ष कुन्दन घिमिरे र महासचिव विन्दु श्रेष्ठले नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली जनसम्पर्क समिति क्यानडाको तर्फ बाट सह–महामन्त्री सुरेश रजौरेले युवा खेलाडी भनेको राष्ट्को गहना भएकोले सबै समुदायको बिचमा खेलकुदको चेतना जगाई खेलकुदको बिकाशमा सहयोग गर्न सबै लाग्नु पर्ने र सो का लागि नेपाली जनसम्पर्क समिति क्यानडा प्रतिबद्ध रहेको साथै राष्ट्यि खेलाडीहरुलाई सम्मान गर्न पाउदां आम प्रजातन्त्रबादि गौरन्वान्वित भएको उल्लेख गरेका छन् ।

कार्यक्रम नेपाली जनजाती संघ क्यानडा (एनज्याकका) का अध्यक्ष गिरी बुढाथोकि र लालिगुरांस स्पोट्र्स क्लबका सदस्य हेम पाण्डेको संयोजकत्वमा भएको थियो । उक्त सम्मान कार्यक्रममा बिभिन्न संघ संथाका प्रतिनिधिहरु लगायत खेलाडीहरुको बाक्लो उपस्थिति उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्यि तेक्वान्दो खेलाडीहरुको क्यानडा बसाई क्रममा ‘युनीभर्सल युनाईटेड नेप्लिज तेक्वान्दो फेडरेशन’ अन्टिएफ द्धारा सम्पूर्ण ब्यबस्थापन कार्य सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहयोग पुर्याउनु हुने अन्टिएफ ग्लोवल अध्यक्ष ग्राण्डमास्टर राजकुमार राई, अन्टिएफ क्यानडा च्याप्टर अध्यक्ष मास्टर राजु थापा, एभरेष्ट तेक्वान्दो एकेडेमीका मास्टर धिरेन्द्र शाही, मास्टर लिला शाहि त्यसैगरि मास्टर यादब कुंवर, मास्टर गिरि बुढाथोकि, मास्टर निरज पौडेल, मास्टर बाबुलाल गुरुगं, एम्बिसन्स मार्सल आर्ट्सका मास्टर शतिस राई, मास्टर आनन्द अर्जेगा लगायत सबै लाई अन्टिएफ क्यानडा च्याप्टरले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

नेपाली तेक्वान्दो राष्ट्यि खेलाडीहरु दुई साताको क्यानडाको भ्रमण सकि २७ नोभेम्बर सोमबार स्वदेश फर्कदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here