नेपाल ट्रक व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोष कोषमा राहत प्रदान

0
548

काठमाडौँ, भदौ २ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १ हजार १११ रुपैया प्रदान गरेको छ ।

महासंघका अध्यक्ष अर्जुन रानाभाटले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त रकम प्रदान गरेका हुन् । प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई जतिसक्दो चाँडो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पुर्याउन पनि आह्वान गरे ।

सो अवसरमा महासंघका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्न लगायतका विषयमा सहयोग जारी राख्ने बताएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here