पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले उल्टै तिर्नुपर्छ : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । ६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ । मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् ।

तर, मदन कृष्ण भन्छन् ‘पहिले पहिले गीत गाउँदा पैसा kपाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने उनले गुनासो गरेका छन् । उनले भने–‘पहिले गीत रेडियो नेपालको स्टूडियोमा मात्र रेकर्ड हुन्थ्यो । रेकर्ड भैसकेपछि सो गीत रेडियोमै बज्थ्यो ।

हामीले, उक्त समयमा गीत रेकर्ड गराएपछि १२ रुपैयाँ रोयल्टी पनि पाउथ्यौं । तर, अहिले उल्टो भएको छ । गीत तयार पारेपछि पैसा सकिन्छ । अहिले त गीत मात्र बनाएर नहुने, यसको भिडियो बनाउनुपर्ने, प्रचार गर्नुपर्ने उनले बताएका छन ।’ उनले भने–‘अहिले चलचित्र छैन । तर, म्यूजिक भिडियोले चलचित्रका प्राविधिकहरुलाई बचाएको छ ।