पेमा शेर्पाको अध्यक्षतामा १५ सदस्यिय शेर्पा संघ किदुक, क्यानडा गठन

0
945

राजु थापा, क्यानडा ।

क्यानडामा बस्ने नेपालका हिमाली शेर्पा समूदायका सदस्यहरुले आफ्नो भाषा, संकृति लगायत रहनसहन र मौलिकता जगेर्ना गर्ने उदेश्का साथ पेमा शेर्पाको अध्यक्षतामा १५ सदस्यिय शेर्पा संघ किदुक, क्यानडा गठन गरेको छ।

अन्य पदाधिकारिहरूमा कुन्साङ शेर्पा -­ प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्षमा – सिन्देकि शेर्पा, महासचिवमा – ओङदी शेर्पा, सचिवमा – पेमा याङ्जी शेर्पा, कोषाध्यक्षमा – छप्तेन शेर्पा सदस्यहरूमाः पाल्देन शेर्पा, कर्मा शेर्पा, कर्मा ग्याल्जे शेर्पा, डोल्मा शेर्पा, पेम्बा शेर्पा, लाक्पा शेर्पा, दिकु शेर्पा, आङ छिरीङ शेर्पा, देण्डी शेर्पा रहेका छन्।

खासगरि शेर्पा भन्ने बितिक्कै हिमाली क्षेत्रमा बसोवास गर्ने र हिमाल चढ्ने भन्ने हिसाबले हेर्ने गरिन्थ्यो तर समय चक्रको क्रम अनुसार अहिले विश्वभरिनै उक्त जातिका समूदायहरू छरिएर रहेका छन् । यसै क्रममा क्यानडामा पनि शेर्पाहरूको संख्या दिनानुदिन बढ्दै गैरहेको अबस्थामा यो संघले हिमाली शेर्पा समूदायको र्इतिहासलार्इ जोगाउन अबस्य मद्दत पुग्ने आशा लिन सकिन्छ।

तेन्जिगं नोर्गे शेर्पा, पासागं ह्लामु शेर्पा जस्ता नेपाली हिमाली क्षेत्रको नक्षेत्रहरूलार्इ नवगठित संघले मार्गदर्शकको रूपमा लिर्इ अगाडि बढ्नु पर्ने जरूरि देखिएको छ।

यसले विश्वभर छरिएर रहेका शेर्पाहरू पनि  नेपालमा शेर्पाहरूको र्इतिहास र योगदानलार्इ भावि सन्ततिहरूको लागि जानकारी र शिक्षाप्रद सहित आफ्नो भाषा, कला, संकृतिको संरक्षण अभियानमा लागेको मान्न सकिन्छ।

नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलार्इ लोकसत्ता डटकमको तर्फ बाट सफल कार्यकालको हार्दिक शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here