प्रचण्डका छोरा प्रकाशको असामयिक निधन

0
444

काठमाण्डौ, मङ्सिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आज निधन भएको छ । उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएको नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले पुष्टि गरे ।

उनलाई अचेत अवस्थामा बिहान काठमाडौंको नर्भिक अस्पतालमा ल्याइएको थियो । प्रकाशको निधन के कारणले भयो भन्ने पुष्टि भइनसके पनि हृदयघात नै भएको हुन सक्ने बताइएको छ ।

नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बाक्लो भिड लागेको छ । प्रचण्डसमेत झापाबाट हेलिकप्टरमा काठमाडौं आएका छन् ।
त्यसैगरी दिदी रेणु दाहालसमेत चितवनबाट आइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here