प्रजिना र प्रकाशको रोमान्स ‘देखे जब उनीलाई’मा सार्वजनिक

काठमाडौँ । नारायण सुवेदी ‘आभाष’को संगीतमा रहेको ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार, कवयत्री तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा स्वर भने लोकप्रिय गायक जगदीश समालको रहेको छ। यस गीतमा फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

रोमाण्टिक पाराको यस गीतको छायांकन भने अमेरिकामा गरिएको छ। म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापाबीच प्रेम र रोमान्सको विषयलाई झल्काउन खोजिएको छ ।

यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्। भिडियो निर्देशन भने राजन उप्रेतीले गरेका हुन् । प्रेम र रोमान्सले भरिपूर्ण सो म्युजिक भिडियो ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।