प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात संविधान कार्यान्वयन हुने : अध्यक्ष थापा

0
747

भदौ २९ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि संविधान पूर्ण रुपमा कार्यान्वयन हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले बताएका छन् ।

मिडिया नेपाल कास्की शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो दलले पनि दुवै तहको निर्वाचनलाई उच्च प्राथमिकता दिएको विचार व्यक्त गरे ।

दशैँ र तिहारबीचको समयमा पार्टीले आयोजना गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मुलुकले भोग्नुपरेका समस्याहरुबारे जनतालाई सचेत गराइ हिन्दूत्वको भावना जागृत गराउने विचार व्यक्त गरे ।

मुलुकमा निर्वाचनको मिति तोकिसकेकोे र निर्वाचन आयोगले आचारसंहित लागू गरिसकेपछि पनि सत्तारुढ दलहरुबाट बारम्बार आचारसंहिता उल्लंघनप्रति आयोगलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिति आएकाप्रति उनले चिन्ता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here